मलेसियामा बेरोजगारी दर घट्यो

शुक्रबार, असोज २२, २०७८
मयुर प्लाई
Global Ime Bank

क्वालालम्पुर । मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ ।  गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन् ।  उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयमा आर्थिक गतिविधि बढ्न थालेकाले बेरोजगारी दर घटेको हो । “कोरोनाभाइरसको महामारीका कारण न्यून हँुदै गएको आर्थिक गतिविधि पछिल्लो समय बढ्दै गएको छ, त्यसैले बेरोजगारी दर घटेको हो,” एक अधिकारीले भने ।
मलेसियामा खोप लगाउनयोग्य मध्ये झण्डै ८८ प्रतिशतले खोप लगाएकाले पनि महामारी कम हुँदै गएको र आर्थिक गतिविधि बढी हुँदै गएको हो । “महामारी न्यूनीकरण भएको सकारात्मक अवस्थाले अर्थतन्त्रमा पनि सकारात्मक नतिजा दिएको हो,” एक अधिकारीको भनाइ छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  २२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार