यस्तो छ आज सुनचाँदीको बजार भाउ

आइतबार, असोज २४, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।  यसैगरी, महासंघले तेजाबी सुनको मूल्य तोलाको ९० हजार २५० रुपैयाँ निर्धारण गरेको छ । गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार १५० रुपैयाँ रहेको थियो । महासंघले आइतबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ७६० रुपैयाँ कायम गरेको छ भने तेजाबी प्रति १० ग्राम ७७ हजमर ३३५ रुपैयाँ कायम गरेको छ । यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार  एक सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार एक सय ७० रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार सात रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार