विश्वमा आजः तेलमाथि ओपेकको प्रतिबन्धदेखि मदर टेरेसालाई नोबेल शान्ति पुरस्कार 

आइतबार, असोज ३१, २०७८
मयुर प्लाई
Global Ime Bank

आज १७ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
सन् १९८९ मा अमेरिकाको क्यालिफोर्नियास्थित लोमा प्रिटामा ६ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको थियोे । भूकम्पपछि घर तथा भवन भत्किदा ६० जनाको मृत्यु भएको थियो । सो भूकम्प अमेरिकामा सन् १९०६ को सान फ्रान्सिस्को भूकम्पपछिको पहिलो ठूलो भूकम्प मानिन्छ ।  

तेलमाथि ओपेकको प्रतिबन्ध
सन् १९७३ मा पेट्रोल निर्यात गर्ने देशहरूको संगठन ओपेकले इजरेललाई समर्थन गर्ने देशमाथि तेल प्रतिबन्धको घोषणा गरेको थियो । इजरेल र अरब राष्ट्रहरूको गठबन्धनबीच भएको योम किपुर युद्धको समयमा ओपकले प्रतिवन्ध लगाएको थियो । प्रतिबन्धका कारण विभिन्न देशमा तेल अभाव भएको थियो । सन् १९७४ को मार्चमा प्रतिवन्ध हटाइएको थियो ।

कुलिन ला रिंगो नरसंहार
सन् १८६१ मा अस्ट्रेलियाका गोरा आदिवासीको बस्तीमा ठूलो नरसंहार भएको थियो । स्थानीय राजनीतिज्ञ होरासियो विल्सले अहिलेको मध्य क्वन्सिल्यान्डस्ति कुलिन ला रिंगोमा एउटा शिविर खडा गरेर नियोजित तरिकाले विपक्षीको नरसंहार गरेका थिए । नरसंहारमा १९ जनाको मृत्यु भएको थियो । 

टेरेसालाई नोबेल पुरस्कार
सन् १९७९ मा प्रेम र अनुकम्पाकी प्रतिक तथा रोमन क्याथोलिक अर्डरकी संस्थापक मदर टेरेसालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । टेरेसाले आफ्नो अधिकांश जीवन गरिब र दुःखीको सेवामा बिताएकी थिइन् । 
 

 


PreviousNext

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार