अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर 

आइतबार, असोज ३१, २०७८
मयुर प्लाई

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । 

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार