रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

बुधबार, कात्तिक ३, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी को लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ हाइड्रोपावरले बिहीबार ४ कात्तिकमा बुक क्लोज गर्ने भएको छ ।  यसअनुसार बुधबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् । लाभांश पारित गर्न कम्पनीले १७ कात्तिकमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले केन्द्रीय कार्यालय, थापाथलीमा अठारौँ वार्षिक साधारणसभा डाकेको छ । सो सभा बिहान ११ बजे भर्चुअल अर्थात् जुमको सहायताबाट आयोजना हुनेछ। सभामा रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावरमा गाभिने सम्बन्धमा विशेष प्रस्ताव पारित हुनेछ । साथै, गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार