आयरल्याण्डमा विदेशी यात्रुका लागि नयाँ नियम

बुधबार, कात्तिक ३, २०७८
मयुर प्लाई
Global Ime Bank

दुबई । आयरल्याण्डमा विदेशी यात्रुका लागि सरकारले नयाँ नियमहरू घोषणा गरेको छ । गत मङ्लबार घोषणा गरिएको नयाँ नियमहरू आगामी शुक्रबारदेखि लागू हुने अधिकारीहरूले जानकारी दिएका छन् । नयाँ नियमअनुसार हरेक आगन्तुकले आफूलाई कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नुपर्नेछ । त्यसका लागि पूर्ण खोप नलगाएकाहरूले पीसीआरको रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएको भए पनि कम्तीमा छ महिनाभन्दा अगाडि नै भएको हुनुपर्ने र १२ वर्षभन्दा कम उमेरका हुनुपर्ने व्यवस्था पनि नयाँ नियममा उल्लेख गरिएको छ ।  सरकारले तोकेका सर्तहरू पालना भएको वा नभएको बारेमा विमान सेवा प्रदायकहरूले जाँच गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।  त्यसैगरी होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त पनि आयरल्याण्ड सरकारले विदेशी यात्रुका लागि राखेको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  २२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार