अविरल वर्षाले हुम्लामा २० घर भत्किए

बिहीबार, कात्तिक ४, २०७८

हुम्ला : आइतबार रातिदेखिको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् ।  एक सय घर उच्च जोखिममा परेका छन् ।

सर्केगाड गाउँपालिका-१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएकाे र १० घरमा आंशिक क्षति पुगेकाे वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए ।  ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिकाे अनुमान गरिएकाे उनले बताए । 

सर्केगाड-२ रिप गाउँमा एक घर भत्किएको छ ।सर्केगाड-४ को साँयामा ११ घरमा क्षति पुगेकाे छ ।

अदानचुली गाउँपालिका-१ को कल्खेमा पहिराेले तीन घरमा क्षति गरेको छ ।दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेकाे प्रहरीले जानकारी दिएकाे छ । 

अदानचुली गाउँपालिका-४ मा लौठीका ३० घर पहिरोको उच्च जाेखिममा छन् । लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेकाे वडाध्यक्ष दत विष्टले जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार