दोहोरो अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ६३ करोड बराबरको शेयर खरीदविक्री

बिहीबार, कात्तिक ४, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १४ दशमलव ७० अर्थात् शून्य दशमलव ५७ प्रतिशत घटेको छ ।  परिसूचक २ हजार ५५६ दशमलव ९६ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २१६ ओटा धितोपत्रको ६१ लाख ६ हजार ४५२ कित्ता शेयरको ३६ हजार ७६२ पटकमा रू २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ बरावरको शेयर खरीदविक्री भएको हो ।  कारोबारमा आएका २१६ ओटा धितोपत्रमध्ये मरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू १ हजार ६९५ दशमलव १० पुगेको छ । त्यसैगरी दोस्रोमा सिटीजन्स म्युचअल फण्ड २ को इकाई मूल्य ५ दशमलव २६ प्रतिशत बढेको हो । त्यसैगरी, सर्वाधिक शेयर खरीदविक्री सानिमा बैंकको भएको छ । बैंकको रू २७ करोड १२ लाख ९७ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यस बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज भएकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक ७ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यस्तै शेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमा जोशी हाइड्रोपावर रहेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ८७ प्रतिशत घटेको छ । शेयरमूल्य प्रतिकित्ता रू २८२ मा झरेको हो ।  कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये अन्य समूहको परिसूचक १ दशमलव ३ प्रतिशत र म्युचुलअ फण्ड समूहको परिसूचक शून्य दशलमव ४३ प्रतिशत बढेको छ भने बाँकी समूहको परिसूचक घटेको हो ।  सबैभन्दा बढी व्यापार समूहको परिसूचक २ दशमलव १९ प्रतिशत घटेको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव ९५ प्रतिशत, विकास बैंक समूहको २ दशमलव शून्य ३ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ७५ प्रतिशत,वित्त समूहको २ दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २९ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ७३ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ४४ प्रतिशत घटेको छ । 
लाभांशको सिजन चलिरहेको छ । सोही कारण पनि लगानीकर्ताले राम्रो लाभांश दिएका कम्पनीको बुक क्लोजको आधारमा र लाभांश दिन बाँकी कम्पनीको विगतमा दिएको लाभांशको आधारमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने गर्दछ । यसोत सूचीकृत कम्पनीहरुले चालू आवको पहिलो वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । सबल बलियो वित्तीय अवस्था भएका कम्पनीहरुको शेयरमूल्य तल झरेको छ र यस्तो अवस्थामा त्यस्ता कम्पनीहरुको शेयरमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार