सोसल मिडिया
Contact Us
युनिकोड
हुम्ला : हुम्लाको एक मात्र यातायातको माध्यम हवाई सेवा अविरल वर्षापछिको हावाहुरीको कारण अवरुद्ध भएको छ ।
सिमकोट गाउँपालिकाको मात्र रहेको एक मात्र हवाई सेवा आइतबार रातिदेखि अविरल वर्षापछि हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको हो ।
बिहीबार बिहानैदेखि नेपालगंज र सुर्खेतदेखि सिमकोटका लागि उडान भर्ने तयारी भए पनि मौसमका कारण हवाई सेवा अवरुद्ध भएको समिट एयर सिमकोटका स्टेसन इन्चार्ज गोविन्द लामाले जानकारी दिए ।
यता, तारा एयरले पनि वर्षाका कारण उडान सेवा अवरुद्ध भएको जनाएको छ । नेपालगंजबाट जहाजहरूले उडान भर्ने तयारी गरेका भए पनि अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।
टिकट लिइसकेका यात्रुहरू नेपालगंजमै रोकिएका छन् । यसबाट दसैँ मनाउन जिल्लाबाट गएका र जिल्ला भित्रिएका व्यक्तिहरू गन्तव्यतर्फ जान नपाउँदा समस्यामा परेका छन् ।
हुम्लालाई चीनले दियो स्वास्थ्य र खाद्य सामग्री
उत्तरी छिमेकी चीनले नेपालको सीमावर्ती जिल्ला हुम्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बिहीबार चिनियाँ विदेश मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका स्थानीय अधिकारीले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।
यो सहयोगलाई राजदूत यान्छीले महामारीविरुद्ध दुई देशको संयुक्त लडाइँको एक महत्वपूर्ण पक्ष भनेकी छन् ।
हुम्लामा नेपाल र चीनबीच सीमा विवाद देखिएको भन्दै अध्ययन समितिले हालै द्विपक्षीय छानविन गर्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो ।