‘न्यू नर्मल’ मा झन्झन् खतरा 

अर्थतन्त्रको संकुचन भयावह
सोमबार, कात्तिक १७, २०७७

विश्वभरि कोरोना भाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड–१९ को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । कोराना भाइरस फैलिन नपाओस भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन् ।कोरोना भाइरसको महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ ।
के हो कोरोना भाइरस ?
आनुवंशिक संरचनामा आरएनए ९च्ल्ब्०भएका भाइरस अर्थात विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोना भाइरस ९ऋयचयलबखष्चगक० नामकरण गरेका थिए । भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अंगे्रजीमा उक्त नाम दिइएको थियो । नेपालीमा किरीटाका विषाणुु वा किरीट विषाणुु पनि भन्न सकिने भएपनि कोरोना भाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो । सन् २०१९ को डिसेम्बरमा चिनियाँ नागरिकलाई नयाँ भाइरसले सङ्क्रमित तुल्यायो । चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने बजारमा पहिलो पटक सङ्क्रमण देखिएको भाइरस केही महिनामै विश्वभरि फैलियो ।
उक्त भाइरसको वैज्ञानिक नाम सार्स(कोभ–२ ९क्बचक(ऋयख्(द्द० हो । सङ्क्रमणबाट हुने रोगलाई कोभिड–१९ ९ऋयखष्म(ज्ञढ० भनिन्छ ।
कोरोना भाइरस सङ्क्रमण कसरी हुन्छ ?
कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोना भाइरस हुन्छन् । उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ ।
सङ्क्रमित व्यक्तिले सरसामान छोएर हात नधोई अनुहार छुँदा कोरोना भाइरस शरीरमा छिर्न सक्छ । भाइरसले पहिला घाँटी, श्वास नली र फोक्सोका कोषलाई आक्रमण गर्छ । बिस्तारै ती अंङ्गलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर संख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पु¥याउन सक्छन् ।
कोरोना भाइरस सङ्क्रमण भएको कसरी थाहा पाउने ?
ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोना भाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड–१९ का मुख्य लक्षण हुन् ।
केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ पाटन अस्पतालका चिकित्सक प्रा.डा.युवराज शर्माले जानकारी दिए ।
डा. शर्माकाअनुसार केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन । तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन् ।
लक्षण देखिए के गर्ने ?
कोरोना भाइरस संक्रमणका यी लक्षण देखिए घरमै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य संठनले सुझाव दिएको छ । झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ ।
तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर संकेत गर्छन् ।
सङ्क्रमण भएको आशंका लागे सोझै अस्पताल नगई चिकित्सकसँग परामर्श गर्नुपर्छ । त्यसो गर्दा सङ्क्रमण अरूलाई सर्ने सम्भावना कम हुन्छ ।
कसलाई कोरोना भाइरस सङ्क्रमणको बढी जोखिम हुन्छ ?
कोरोना भाइरस सङ्क्रमण जसलाई पनि हुन सक्छ । सङ्क्रमित व्यक्तिको संसर्गमा आउने व्यक्ति तथा कोभिड–१९ बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमा भाइरस सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले सबैले आफू सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्छ । अरू गम्भीर रोग भएका व्यक्ति र वृद्धवृद्धालाई सङ्क्रमण भयो भने यो भाइरसले धेरै दुःख दिन सक्छ ।
दोर्हो¥याएर कोभिड–१९ हुन सक्छ ?
केही बिरामी कोभिड–१९ बाट निको भए । तर फेरि पछि तिनमा सङ्क्रमण पाइयो । सामान्यतया साधारण रुघाजस्तै कोरोना भाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ । तर यो भाइरसमा के फरक छ ? सत्तरी वर्ष नाघेका जापानका एक पुरुष बिरामी चिकित्सकहरू सामु अनौठो र चिन्ताजनक उदाहरण बने ।
ती व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण पाइएपछि टोकियोस्थित अस्पतालमा आइसोलेशनमा राखियो । 
जापानी समाचार प्रसारक एनएचकेका अनुसार ती निको भए र सामान्य जीवनमा फर्किए । उनले सार्वजनिक यातायात पनि प्रयोग गरे । केही दिनपछि पुनः बिरामी भए र उनलाई ज्वरो आयो । ती पुरुष अस्पताल फर्किए । त्यहाँ उनलाई फेरि कोरोना भाइरसको सङ्क्रमण देखियो । 
स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस भन्छन् कम्तीमा १४ प्रतिशत बिरामीमा पुनः कोभिड–१९ भएको पाइएको छ । यो फेरि सङ्क्रमण भएको नभई पुरानै भाइरस फेरि बल्झिएको हो ।
भाइरस शरीरमा रहन्छ
कतिपय भाइरस शरीरमा तीन महिना वा लामो अवधिसम्म रहन्छन् । विज्ञहरूका अनुसार करिब १४ प्रतिशत मानिसमा कोरोना भाइरस सङ्क्रमण दोहोरिएको छ ।
कोभिड–१९ का बारे वैज्ञानिकहरूले अनौठो मानेको कुरा चाहिँ के हो भने निको भइसकेका बिरामीमा यसरी पुनः सङ्क्रमण निकै चाँडो अवधिमा पाइएको छ ।
भिन्न भिन्न रोगका लागि प्रतिरोधी क्षमता भिन्न भिन्न प्रकारले काम गर्छ । दादुराको हकमा बाल्यकालमा दिइएको एउटै खोपले जीवनभरि प्रतिरोधी क्षमता बनाइराख्छ । तर कतिपय स्वास्थ्य अधिकारीले भने निश्चित उमेरका मानिसलाई सुरक्षित राख्न पहिलेको भन्दा आधुनिक खोप पुनः दिनु राम्रो हुन्छ । कतिपय भाइरसका निम्ति खोप उति प्रभावकारी हुँदैनन् । त्यसैले त्यस्ता खोप बेला बेला फेरि दिइरहनुपर्छ । इन्फ्लुएन्जाको वा साधारण रुघाको खोप हरेक वर्ष दिनुपर्छ । किनकि त्यसको भाइरस बारम्बार परिवर्तन भइरहन्छ ।

अझै बुझ्न बाँकी
कोभिड–१९ नयाँ भाइरस भएकाले यसको व्यवहार बारे वैज्ञानिकहरूले अझै धेरै बुझ्न बाँकी छ । 
कोरोना भाइरसको पुनःसङ्क्रमण हुन सक्ने भए पनि कोभिड–१९ को पुनः सङ्क्रमण चाँडो भएकोमा अनौठो मान्छन् वैज्ञानिकहरू । लामो समयसम्म प्रतिरोधी क्षमता नरहने हो भने एक दुईवर्षपछि आउने अर्काे महामारीमा फेरि सङ्क्रमित हुनु सामान्य मानिन्छ । तर निको भएलगत्तै फेरि त्यही भाइरसबाट सङ्क्रमित भइहाल्नु अनौठो हो । अहिलेसम्म हामीले बुझेअनुसार यो कोरोनाभाइरस फ्लूको भाइरस जति परिवर्तित भइरहँदैन । के भइरहेको हुन सक्छ भने जो व्यक्ति कोभिड–१९ बाट निको भएका छन् तिनमा बाँकी रहेका भाइरसको अस्थायी वृद्धि भएको हुन सक्छ । अनुसन्धानकर्ताहरूले कोभिड–१९ बारे जान्न थप अनुसन्धान आवश्यक रहेको बताइरहेका छन् । प्यान अमेरिकन हेल्थ अर्गनाइजेशनले भन्यो, ‘कोभिड–१९ नयाँ भाइरस हो जसका बारे हामी हरेक दिन नयाँ कुरा थाहा पाइरहेका छौँ । त्यसैले पुनःसङ्क्रमण बारे पनि अहिले नै यही हो भन्न सकिँदैन।’
अर्थतन्त्रमा कोरोना प्रभाव
कोराना भाइरसका कारण संसारका अधिकांश शेयर बजार सूचकमा ठूलो अंकको गिरावट आयो । शेयर बजारमा गिरावट आउनुमा कोरोना त्रासका कारण लगानीकर्तामा देखिएको मनोवैज्ञानिक असर भनी विश्लेषण गरियो । 
फाइनान्सिएल टाइम्सले यसलाई सन् २००८ को आर्थिक मन्दीपछिकै डरलाग्दो अवस्थाका रूपमा यसलाई चित्रण गरेको छ।संसारका लाखौँ मान्छेले अर्र्बांै डलर गुमाएका छन् । 
विश्व स्वास्थ्य संगठनले माहामारी घोषणा गरेको कोरोना भाइरस कोभिड–१९को प्रकोप संसारभर देखिँदा विश्व अर्थतन्त्रलाई नराम्ररी हल्लाएको छ । विश्व व्यापारको चक्र नै बिथोलिएको छ भने पर्यटन तथा होटल उद्योग ध्वस्त भएका छन् । संसारका ठूला बजारमा मानिसहरूको दैनिकी बदलिएको छ । संसारका ठूला उद्योगहरूले उत्पादनमा कटौती गरेका छन् । कतिपय देशहरूमा उनीहरूका आउटलेट तथा उद्योग नै बन्द भइसकेका छन् । मानिसहरूले तीव्ररुपमा रोजगारी गुमाएका छन् । बेलायती पत्रिका दि गार्जिएनले कोरोनाका कारण विश्व अर्थतन्त्रले १० खर्ब अमेरिकी डलरभन्दा धेरैको क्षति पु¥याउने उल्लेख गरेको छ । यो वर्षको विश्व अर्थतन्त्रको वृद्धिदर १.३ प्रतिशतले प्रभावित हुने भन्दै उसले त्यसको प्रभाव १० खर्ब डलरभन्दा धेरै हुने उल्लेख गरेको छ । 
नेपालको आर्थिक वृद्धिमा प्रत्यक्ष प्रभाव
सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो । माघ महिनाको अन्त्यमा बजेटको अर्धवार्षिक समीक्षा गर्दै तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वृद्धिदर लक्ष्यकै नजिक हासिल हुने बताएका थिए । तर अब लक्ष्यअनुसार वृद्धिदर हासिल नहुने निश्चित भइसकेको छ । एसियाली विकास बैंकले कोरोनाले नेपालको अर्थतन्त्रमा ०.१३ प्रतिशतसम्म असर गर्ने प्रक्षेपण गरेको थियो । यस्तै अवस्था लम्बिरहे अर्थतन्त्र अझै कमजोर हुने धेरै अर्थशास्त्रीको प्रक्षेपण छ।पूर्वधार क्षेत्रमा सुस्तता, पर्यटन क्षेत्रमा संकट, कमजोर वैदेशिक व्यापार र कृषि उत्पादनसमेतमा भएको गिरावटले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्यअनुसार नहुने निश्चित छ । विश्व बैंकले ६.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने जनाएको छ ।
मुख्य क्षेत्रहरू सबै कमजोर भएका छन्, यस्तो अवस्थामा मुलुकले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने देखिन्छ पूर्वअर्थसचिव रामेश्वर खनालले भने । यो वर्ष ५.५ प्रतिशत आर्थिक वृद्धिदर भयो भने ठूलो कुरा मान्नु पर्ने हुन्छ ।
उद्योगदेखि पूर्वाधारसम्म समस्या
नेपालमा उत्पादन हुने अधिकांश वस्तुको कच्चा पदार्थ भारतसहित विभिन्न देशबाट आयात हुन्छन् । कोरोनाकै कारण चीन र नेपालबाट धेरै सामान आयात हुने तातोपानी र रसुवागढी भन्सार बन्द छन् । चीनबाट नेपाल सामान आयात हुने यी दुई नाका बन्द हुँदा तयारी वस्तु तथा औद्योगिक कच्चा पदार्थ आयात प्रभावित छ। 
नेपालमा चीनबाट जलविद्युत आयोजनाका लागि प्रयोग हुने ठूला उपकरण आयात हुन्छन् । ती वस्तुहरूको आयात रोकिँदा जलविद्युत् आयोजनाको काममा नै बाधा परेको छ । कोरोनाका कारण नाकामा कडाइ हुँदा भारतबाट हुने निर्यात पनि प्रभावित छ। डण्डीसहितका ठूला उद्योगका लागि ल्याइने कच्चा पदार्थ आयातमा समस्या हुँदा नेपाली उद्योग समस्यामा छन् । उपभोग्य तयारी वस्तु या औद्योगिक कच्चा पदार्थ, ती वस्तुहरुको आयात प्रभावित हुँदा हाम्रो औद्योगिक उत्पादनमा प्रतिकूल प्रभाव पर्छ । 
ध्वस्त पर्यटन
अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने सेवा क्षेत्रमा कोभिड–१९ को प्रकोपको सबैभन्दा ठूलो प्रभाव देखिएको छ । सरकारले महत्व दिएको नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम रद्द भएका छन् । नेपालमा विदेशी पर्यटकको आवागमन ठप्प छ । अधिकांश होटलको बुकिङ रद्द भएका छन् । अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने क्षेत्र शिथिल हुँदा मुलुकको कूल गार्हस्थ उत्पादनवृद्धिदरदेखि रोजगारी सिर्जनासम्ममा समस्या पर्छ । 
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सेवा क्षेत्रअन्तर्गत भ्रमण आय शीर्षकमा सरकारले ४२ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ। वार्षिक करिब १ खर्ब रुपैयाँ आय हुने यो क्षेत्र कोरोनाबाट उच्च प्रभावित छ। पर्यटन क्षेत्रमा भएको अल्पकालीन क्षति आकलन गरी सरकारले आन्तरिक पर्यटन विस्तार गर्ने र पर्यटन पूर्वाधार बढाउनेतर्फ काम गर्न सके दीर्घकालीन फाइदा लिन सकिन्छ । 
गरिबी बढ्ने जोखिम
सरकारले अबको पाँच वर्षमा निरपेक्ष गरिबी एकल विन्दू अर्थात् १० प्रतिशतभन्दा कममा झार्ने लक्ष्यसहित १५ औँ योजना तयार गरेको छ । अहिले १८ प्रतिशत निरपेक्ष गरिबी रहेकोमा यसलाई १० प्रतिशतभन्दा तल झार्ने लक्ष्य सरकारको छ । 
आपूर्ति प्रणाली कमजोर हुँदै जाँदा त्यसले गरिबी बढाउँछ। विश्व बैंकका एकजना अर्थशास्त्रीले गरेको अध्ययनमा भूकम्प र भारतीय नाकाबन्दीले हाम्रो अर्थतन्त्रमा गरिबीको दर २० प्रतिशतबाट बढेर २८ प्रतिशत पु¥याएको देखिएको थियो । अवस्था सामान्य हुँदा गरिबी घटेर २० प्रतिशतमा झरेको थियो । 
विश्वभर फैलिरहेको कोभिड–१९को संक्रमणले भयावहको स्थिति सिर्जना गरेको छ। दैनिक रूपमा यो रोगबाट संक्रमित हुने र मृत्य हुने मानिसहरुको संख्या हजारौं छ । 
यसको रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक मुलुकले आ–आफ्नो तर्फबाट हरसम्भव प्रयास गरिरहेका छन् । थप संक्रमण हुन नदिन अन्तर्राष्ट्रिय भ्रमण तथा यातायात स्थगन गरिएको छ । स्थानीय रूपमा पनि मानिसको आवातजावतमा रोक लगाइएको छ । सर्वसाधारणलाई घरमै बसी सुरक्षित रहन निर्देशन जारी गरिएको अवस्था छ । अहिले सरकार, व्यासायिक निकाय, नीतिनिर्माता र अर्थविद्हरूको सम्पूर्ण ध्यान छिटोछरितो र दीर्घकालीन तवरबाट स्वास्थ्य सुरक्षा तथा अर्थतन्त्रको चुनौतीहरूको सामना गर्दै सर्वसाधारणको जीवनयापन पद्धतिलाई सामान्य र सहज बनाउनेतर्फ नै केन्द्रित छ । 
कोराना भाइरसले निम्त्याएको संकटलाई सन् १९३० पछिको ठूलो आर्थिक मन्दीको रूपमा लिइएको छ । 
मानिस काममा जुट्न सक्ने अवस्था छैन । उद्योग, व्यापार, व्यवसाय ठप्प छ, कतिपयको रोजगारी अनिश्चित बन्न पुगेको छ र यसले गर्दा समग्र अर्थिक क्रियाकलापमा नै सुस्तता आएको छ । श्रमिक तथा मजदुरहरू काम गर्न जानसक्ने अवस्थामा नहुँदा औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानबन्द छन्, महामारीको अवधि कति हुने र यसको प्रतिकूल असर कतिसम्म भन्नेमा अनुमान गर्न सकिने अवस्था छैन ।  
जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सोहीअनुरुपका नीतिगत उपायहरू कार्यान्वयन गर्नुपर्ने भएको छ । स्वास्थ्य सुरक्षा प्रणालीको क्षमता अभिवृद्धि गर्न थप स्रोत जुटाउनुपर्ने अवस्था छ । 
अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो प्रक्षेपण अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०१९ मा २.९ प्रतिशत रहेकोमा सन् २०२० मा ३.० प्रतिशतले ऋणात्मक हुनेछ । 
विकसित मुलुकहरूमा आर्थिक वृद्धि ६.० प्रतिशतले र उदीयमान तथा विकासशील मुलुकका अर्थतन्त्रहरू क्रमशः २.२ प्रतिशत र ४.५ प्रतिशतले वृद्धि भएकोमा सन् २०१९ मा क्रमशः १.० प्रतिशत र २.२ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण छ ।
विश्वका १७० राष्ट्रहरूको प्रति व्यक्ति आय वृद्धिदर ऋणात्मक हुने तथा अफ्रिका, ल्याटिन अमेरिका र एसियाका कतिपय उदीयमान एवमं न्यून आय राष्ट्रहरू उच्च जोखिममा हुने आकलन छ । 
अत्यावश्यकीय स्वास्थ्य प्रणाली र उपायहरूलाई निरन्तरता दिने, तरलतामा पर्ने चापबाट प्रभावित वर्गलाई जोगाउन सामयिक लक्षित वित्तीय तथा मौद्रिक उपायहरू अवलम्वन गर्ने, वित्तीय क्षेत्रमा पर्न सक्ने दबाब तथा संक्रमणलाई नियन्त्रणमा लिने र अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने योजनामा लाग्ने जस्ता विश्वव्यापी प्राथमिकताहरू सुझाइएको छ । 
नेपालमा कोभिड–१९ संक्रमति व्यक्तिको संख्या दिनहुँ बढिरहेको अवस्थामा परीक्षण किटको माग उच्च छ । मागअनुसार परीक्षण किटको आपूर्ति हुन सकेको छैन । परीक्षण किटको अभावले पनि नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या कम देखिएको हो । मानिसहरूले कोरानाबाट सुरक्षित रहन आवश्यक उपायहरू अपनाउन बेवास्ता गरेको देखिन्छ । विश्व बैंकको एक प्रक्षेपणअनुसार दक्षिण एशियाली राष्ट्रहरूमा महामारीका कारण ४० वर्षसम्म आर्थिक संकट हुनेछ । 
नेपाल सन् २०२२ सम्ममा कम विकसित राष्ट्रबाट विकासोन्मुख देशमा स्तरोन्तति हुने भनिएको थियो । महामारीको कारण यो सम्भावना कम हुँदै गएको छ ।
महामारीका कारण नेपालमा धेरै व्यवसाय बन्द रहेका छन् । लकडाउन समाप्त भएपछि पनि व्यवसायहरू सुरु गर्न र नयाँ व्यवसायको स्थापना गर्न चुनौती देखिन्छ । 
आर्थिक संकटको बेला उपभोग र लगानी घट्छ । संकटको सामना गर्दै आर्थिक वृद्धि बढाउन सरकारले वित्तीय नीति अवलम्बन गरी उपभोग र लगानीमा प्रोत्साहन गरेर, कर घटाएर वा सरकारी चालु खर्च बढाउन सक्छ । वस्तु तथा सेवाहरूको उत्पादन गरी निर्यात गरी आर्थिक गतिविधि बढाउन सकिन्छ ।
आर्थिक घाटाको अनुमान
लकडाउनका कारण नेपालका सबै आर्थिक गतिविधिहरू ठप्प छन् । सबै आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । केही तथ्यांकहरूले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा परेको न्युनतम घाटा देखाएको छ । लकडाउनका कारण आर्थिक क्षेत्रले दैनिक ३ अर्ब ७ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरिरहेको छ । कोभिड–१९को महामारीले अर्थतन्त्र, राजनीति र अन्तर्राष्ट्रिय शक्ति–संरचनामा पारेको असर भने दूरगामी हुनेछ ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) साढे ३४ खर्ब रुपैयाँ छ । वर्षभरिको देशका यावत् आर्थिक गतिविधि, उत्पादन र कमाइ जोड्दा हुन आउने रकम नै जीडीपी हो ।
अघिल्लो आर्थिक वर्ष विदेशमा रोजगारी गरिरहेका लाखौँ नेपालीहरूले कमाएर घर पठाएको विप्रेषण आम्दानी आठ खर्ब ७९ अर्ब रुपैयाँ थियो । त्यो कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ हो।ठूलो योगदान गर्ने यो क्षेत्र कोरोना भाइरस सङ्क्रमणका कारण गम्भीर जोखिममा छ । यसले आगामी दिनमा कामदारको तलब–ज्याला घट्न सक्छ भने अर्कोतिर ती देशमै आर्थिक मन्दी भए रोजगारी नै धरापमा पर्न सक्छ । 
(विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको सामग्री)
 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार