लक्ष्मी इक्विटी फन्डकाे सेयर बजारमा लगानी वृद्धि

मंगलबार, कात्तिक ९, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको सेयर बजारमा लगानी वृद्धि भएकाे छ । फन्डले असोज मसान्तको खुद सम्पत्ति मूल्यसम्बन्धी वित्तीय विवरण  मंगलबार सार्वजनिक गर्दा फन्डको सूचीकृत सेयरमा भएको लगानी मूल्य भदौ मसान्तको तुलनामा असोज मसान्तमा वृद्धि भएको उल्लेख छ । भदौ महिनाको तुलनामा असोजमा सूचीकृत कम्पनीको सेयरमा लगानी पाँच करोड २४ लाख १७ हजार रुपैयाँले बढेर ९७ करोड १९ लाख रुपैयाँ पुगेको छ । फन्डले असोज मसान्तसम्ममा लगानी गरेका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएसँगै सूचीकृत सेयरमा लगानी बढेको हो । फन्डले असोज मसान्तसम्ममा २३ करोड २३ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । याे भदौ मसान्तको तुलनामा नाफा असोज मसान्तमा ९ दशमलव ३१ प्रतिशत घटेको हो । त्यस्तै, भदौ मसान्तसम्ममा फन्डले २५ करोड ६२ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तमा फन्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । भदौ मसान्तसम्ममा फन्डले २६ करोड ११ लाख १९ हजार रुपैयाँ आम्दानी गरेकोमा असोज मसान्तमा २३ करोड ९८ लाख ७८ हजार रुपैयाँमा सीमित भएको हो ।  विवरणअनुसार यस फन्डको एनएभी (प्रतिइकाइ खुद मूल्य) भने भदौ मसान्तको तुलनामा असोज मसान्तमा कमी आएको छ । फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य भदौ मसान्तसम्ममा १२ दशमलव ४६ रहेकोमा असोज मसान्तसम्ममा घटेर १२ दशमलव २७ मा झरेको हो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार