सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने

मंगलबार, कात्तिक ९, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले २८ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले १९ प्रतिशत बोनस सेयर र कर तिर्न एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिन बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा बिहान ११ बजेका लागि साधारणसभा आह्वान गरेको हो । साधारणसभा तथा लाभांश वितरणका लागि  सिभिलले १४ कात्तिकमा बुक क्लोज गर्नेछ । यसर्थ, १३ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् । लघुवित्तले सभामा चार करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने करका लागि २४ लाख २१ हजार २१३ रुपैयाँ नगद लाभांशमा खर्चिनेछ ।  सभामा लाभांश दिने प्रस्ताव पेश हुनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष ०७७/७८ को नाफा-नोक्सानसम्बन्धी छलफल हुनेछ । आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेन्डा छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार