ह्वाइट हाउसद्वारा विदेशमा प्रयोग नगरिएका कोभिड–१९ खोप प्रदान गर्ने योजना अस्वीकार

बुधबार, कात्तिक १०, २०७८

लस एन्जलस । अमेरिकी राज्यहरूमा अतिरिक्त कोभिड–१९ खोपको मात्रा चाँडै समाप्त हुने भए पनि ह्वाइट हाउस भ्याक्सिन टास्क फोर्सले अन्य देशहरूलाई प्रयोग नगरिएको खोप प्रदान गर्ने प्रस्ताव अस्वीकार गरेको छ ।
दक्षिणी क्यालिफोर्नियाका स्वास्थ्य अधिकारीहरू र अस्पतालहरूले ती खोपहरूको माग घटेको बताएका छन् जबकी प्रयोग नगरिएका खोपहरूको म्याद सकिने मितिहरू नजिकिँदै छन् ।
एक रिपोर्टअनुसार स्यान डिएगो वरपरको एउटा सानो समूहले मेक्सिकोमा हजारौँ मात्रा खोप प्रदान गर्ने योजना अगाडि बढाए पनि त्यहाँ खोप अभियान उच्च सङ्क्रमण दरको साथ विस्तारै चलाइएको थियो ।
यद्यपि, ह्वाइट हाउस टास्क फोर्सले त्यस्ता योजनाहरू र स्थानीय र राज्य सरकारहरूले अन्य देशहरूलाई बाँकी खोपहरू प्रदान गर्ने यस्ता प्रयासहरूलाई रोक लगाएको छ । अमेरिकामा खोप अभियान सञ्चालन, विदेशबाट प्राप्ति र अन्य देशलाई प्रदान गर्ने या नगर्ने अनुमति केन्द्रीय सरकारमा निहित हुन्छ ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार