एमाले ललितपुर महानगर अध्यक्षमा आस्था शाक्य, ६ वटै पालिकामा नयाँ नेतृत्व

बुधबार, कात्तिक १०, २०७८

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । १०औँ महाधिवेशन अन्तर्गत मंगलबार भएको पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।
एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन भएकी छन् । 
गोदावरीमा प्रभाकर थापा र महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ नगर अध्यक्ष भएका छन् ।  बागमतीमा नवराज सञ्जेल,  महांकालमा पुरुषोत्तम हुमागाईं र कोञ्जोसोममा कविन्द्र लामा गाउँपालिका अध्यक्ष बनेका छन् ।
यसअघि एमाले गोदावरी नगर कमिटीको अधिवेशन मंगलबार राति सकिएको हो । गोदावरी नगरपालिकाको फूलबारी पार्टी प्यालेसमा भएको अधिवेशनले थापाको अध्यक्षमा ७५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा  नन्दश्याम महर्जन, सचिवमा मिथुन महर्जन, उपसचिवद्धय रशमी प्रधानाङगा सिलवाल तथा राजेन्द्र न्यापाने चयन भएका छन् । 
उद्घाटन सत्रमा सांसद नवराज सिलवालसहितका जिल्ला तहका नेताहरु सहभागी थिए । उद्घाटन मन्तव्यमा सांसद नवराज सिलवालले पार्टीलाई मजबुत बनाउन महिलाको सक्रिय सभागिता हुनुपर्नेमा जोड दिए । 
उनले गोदावरी नगर क्षेत्रमा विकास निर्माणका कामहरू सोचे अनुरुप हुन नसकेको भन्दै  समयमै काम नहुँदा स्थानीय जनताले दुःख पाएको धारणा व्यक्त गरे । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार