कुमारी बैंकले ल्यायो दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा

बुधबार, कात्तिक १०, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं  । कुमारी बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार सूचना जारी गर्दै सो सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नसमेत आह्वान गरेको छ । सो सेयरको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । बैंकले तोकेको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार