फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा 

बिहीबार, कात्तिक ११, २०७८
मयुर प्लाई
Global Ime Bank

न्युयोर्क : संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ । बिबादबीच फेसबुकले सेप्टेम्बरसम्मको तीन महिनामा ठूलो नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलब ८ अर्ब डलर थियो ।

एक पूर्वकर्मचारीले फेसबुकले नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा भने बढिरहेको छ । एक महिनाअघि पूर्वकर्मचारी फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताको सुरक्षा भन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाएकी थिइन् । 

आन्तरिक कागजातको गोप्य चुहावट गर्ने क्रममा उनले फेसबुले उनले फेसबुकले बालबालिकालाई नकरात्मक असर गरेको बताएकी थिइन् । फेसबुकका प्रयोगकर्ता एक वर्षमा ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेका छन् ।-एजेन्सी

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार