माछापुच्छ्रे कृति क्यापिटलको १३.४ प्रतिशत लाभांश पारित

बिहीबार, कात्तिक ११, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटलले दोस्रो वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ६ दशमलव ४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर पारित गरेको छ ।  सभाले शिखर इन्स्योरेन्सका प्रतिनिधि दीपप्रकाश पाण्डेलाई संस्थापक सेयरधनीको रुपमा निर्वाचित गरेको छ । पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । संस्थाको पूँजी वृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउने, प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने आवश्यक संशोधनको प्रस्तावहरु पनि साधारण सभाबाट पारित भएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार