तेह्रथुम पावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

बिहीबार, कात्तिक ११, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं :  तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ४० लाख कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको आठ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको चार लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २८ लाख कित्ता सेयर सूचीकरण भएको छ ।

उक्त आईपीओको अब आइतबारबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ । नेप्सेका अनुसार दोस्रो बजारमा कारोबारका लागि ८४ दशमलव ७४ रुपैयाँदेखि दुई सय ५४ दशमलव २२ ओपन रेञ्ज निर्धारण भएको छ ।   

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार