कोभिड-१९ प्रतिकार्य कार्यक्रम सञ्चालन गर्दै ताप्लेजुङ रेडक्रस, १९ लाख बजेट

शुक्रबार, कात्तिक १२, २०७८

ताप्लेजुङ : नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङमार्फत कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन हुने भएको छ । नेरेसो ताप्लेजुङले सरोकारवालाको समन्वय बैठकमार्फत सञ्चालन हुने कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

कार्यक्रम संयोजक दिननाथ भण्डारीका अनुसार कार्यक्रम ४ महिनाको हुने छ । रेडक्रसको अन्तराष्ट्रिय महासंघको आर्थिक सहयोगमा पहिलो चरणमा नेपालका ३४, दोस्रो चरणमा १० र तेस्रो चरणमा ६ गरी ५० जिल्लामा यो कार्यक्रम सञ्चालन हुने रेडक्रस केन्द्रीय तर्दथ समितिका सदस्य समेत समेत रहेका ताप्लेजुङ सभापति इन्द्रबहादुर गुरुङले बताए ।

ताप्लेजुङका लागि सञ्चालन हुन लागेको कार्यक्रम दोस्रो चरणको हो । रेडक्रसको प्राविधिक आन्तरिक समस्याका कारण कारण सञ्चालन अवधि पछि धकेलिएको गुरुङले जानकारी दिए । 

कार्यक्रमको बजेट १९ लाख ४ हजार रुपैयाँ रहेको छ । यो बजेटमार्फत रेडक्रस ताप्लेजुङले कोरोना रोकथाम तथा नियन्त्रण, स्वास्थ्य खानेपानी तथा सरसफाइ स्वच्छवता कार्यक्रम, स्वास्थ्य तथा स्वच्छवताका लागि जोखिम सञ्चार, सामुदायिक संलग्नता र जवाफदेहिता कार्यक्रम, समुदायमा आधारित निगारानी तथा केस सर्बेक्षण खोजपड्ताल कार्यक्रम,कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समुदाय स्तरमा खानेपानी,सरसफाइ तथा स्वच्छवता कार्यक्रम,मानसिक स्वास्थ्य तथा मनोसामाजिक परार्मश कार्यक्रम,कोभिड-१९ बाट प्रभावितका लागि एम्बुलेन्स सेवा,सामुदायिक स्वास्थ्य तथा अत्यावश्यक स्वास्थ्य सेवाको पहुँचलाई व्यवस्थित गर्न पहल र स्वयंसेवकको दक्षता अभिबृद्धिमा सहयोग गर्ने गतिविधि सञ्चालन हुने भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार