चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छ : महामारी विशेषज्ञ

शनिबार, कात्तिक १३, २०७८

ग्वाङ्झोउ । चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् । देशका विभिन्न भागमा छिटपुट स मामिला रिपोर्ट गरिएकाले शनिबार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन् ।   कोरोनाभाइरस र महामारीलाई छोटो अवधिमा उन्मूलन गर्न सकिँदैन, झोङले अन्य देशलाई कोभिड–१९ विरुद्ध कडा र प्राथमिकताका उपायहरू अपनाउन र सक्रिय रूपमा खोप लगाउन आह्वान गरेका छन् । झोङले यस वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी चिनियाँ बासिन्दालाई पूर्णरूपमा खोप लगाइसकिनेमा आफू आशावादी रहेको बताए ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार