सोसल मिडिया
Contact Us
युनिकोड
मस्को । कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गरेका छन् । उनले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जी–२० का सदस्य राष्ट्रले सुनिश्चितता प्रदान गर्नुपर्नेमा पनि जोड दिएका हुन् । उनले भनेका छन्, सबै देशले कोरोना भाइरसका विरुद्धको खोपको वितवरणका साथै यसको उपलब्धताका विषयमा पनि सुनिश्चिता हुनुपर्छ र यस विषयमा आपसमा समन्वय गरेर अघि बढ्नुपर्दछ । जी–२० को १६औँ सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले विश्वमा नै यो खोपका विषयमा अस्वस्थ प्रतिस्पर्धाका साथै असमान वितरण र यसको विवरण अध्यावधिक गर्ने काममा पनि चुस्तता नभएकाले यो समस्या भएको बताए । खोपको विवरण अध्यावधिक राख्ने र अहिलेसम्म पनि पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेका देशमा उपलब्ध गराउने भन्दै यसका लागि जी–२० का आवद्ध देशले काम गर्नुपर्नेमा उनको जोड थियो । साथै राष्ट्रपति पुटिनले यस कार्यमा विश्व स्वास्थ्य सङ्गठनको भूमिका महत्वपूर्ण रहेको भन्दै यसका लागि उक्त सङ्गठनलाई अरु देशले आवश्यकताअनुसार सहयोग गर्नुपर्ने पनि बताए ।
विश्व स्वास्थ्य सङ्गठन प्रमुख र रूसी विदेश मन्त्रीबीच भेट
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आइतबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन् । सो अवसरमा उनीहरूबीच विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ । उक्त अवसरमा विश्व स्वास्थ्य सङ्गठनको मुख्य भूमिकालाई केन्द्रमा राखेर स्वास्थ्यसँग सम्बन्धित जटिलता र सम्भावित खतरा रोक्न सहमति जनाइएको छ । साथै आगामी विश्व स्वास्थ्य सम्मेलनको विशेष सत्रमा महामारीको नियन्त्रणको तयारीसम्बन्धी अन्तरराष्ट्रिय सम्झौताबारे पनि छलफल भएको छ । यो भेट हालै देशमा बढ्दो कोरोना भाइरसको सङ्क्रमणका बीच भएकाले अर्थपूर्णरूपमा हेरिएको छ । रुसमा शनिबार मात्रै ४० हजार २५१ जना नयाँ सङ्क्रमित फेला परेका छन् भने एक हजार १६० ले ज्यान गुमाएका छन् ।– रासस/सिन्ह्वा