सुनको मूल्य तोलामा एक सय रुपैयाँले उकालो, चाँदीको पनि बढ्यो

सोमबार, कात्तिक १५, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा साेमबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । साेमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।  सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार एक हजार २४० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार