तिहारकाे पहिलाे दिन सुनचाँदीको मूल्य फेरि उकालो

मंगलबार, कात्तिक १६, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । आज छापावाल सुन प्रति १० ग्राम ७८ हजार आठ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।  मंगलबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५० रुपैयाँ कायम भएको छ । हिजो सोमबार एक हजार २४४ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार