झण्डै २४ अंकले बढ्यो नेप्से, ६ अर्बको सेयर कारोबार

मंगलबार, कात्तिक १६, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन करिब १८ अंकले घटेको नेप्से मंगलबार २३.७६ अंकले बढेको हो ।  यो वृद्धिसँगै समग्र नेप्से २ हजार ८ सय ४३.६२ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ०.८४ प्रतिशतले बढी हो । अघिल्ला ६ कारोबार दिनमा लगातार बढेको नेप्से सोमबार घटेको थियो । सोमबारको गिरावटलाई मंगलबारको वृद्धिले क्षतिपूर्ति गरेको छ । मंगलबार सुरुको अवस्थामा नेप्से घटेको थियो । मध्यान्‍नपछि बजारले सुधारको बाटो समातेको थियो । अन्यमा करिब सवा २४ अंकले बढेर बन्द भएको हो । मंगलबार करिब ६० हजार कारोबारबाट २ सय ३० वटा कम्पनीका ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ६ अर्ब ७ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ८० हजार ३ सय ५१ कारोबारबाट २ सय २६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३ सय १२ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार