सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त राष्ट्रसङ्घ । विश्वमा कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ५० लाख नाघेको बताइएको छ । गएको करिब दुई वर्षयता यो भाइरसको प्रकोप सुरु भएको थियो । त्यसैले यस्तो अवस्थामा विश्वका नागरिकलाई यस भाइरसका विरुद्धको खोप सहज र सुलभरुपमा उपलब्ध हुनुपर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताए । उनले भने, विश्वका धनी भनिएका देशले कोरोना भाइरसको तेस्रो मात्रा लगाउने तयारी गर्दैछन् तर पनि यहाँ अफ्रिकामा भने पाँच प्रतिशत मात्र नागरिकले पूर्णखोप लिएका छन् । यो संसार कै लागि लाजमर्दाे अवस्था हो, उहाँले भन्नुभएको छ । यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशले खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए । महासचिव गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशलाई विशेषगरी खोपको समानतामा काम गर्न आग्रह गरे । महासचिव गुटेर्रेसले भन्नुभयो, म विश्वका धनी देशलाई यो आग्रह गर्दछु कि खोप महामारी विरुद्धको एकमात्र उपाय भएकाले यसमा सबैको पहुँच पु¥याउन सकियोस् । उनले अहिले पनि खोपको वितरण त भइरहेको छ र विश्वका सबैजसो देशमा यो पुगेको छ भन्दै तर पनि नागरिकलाई समानरुपमा भने वितरण गरिएको छैन, त्यसैले अहिलेको प्रयासलाई अरु धेरै बढाउनुपर्ने अवस्था छ भने । अहिले खोप धनी देश र मध्यमवर्गीय देशमा पुगेको तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न नसकेको बताए । यस्तो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउन र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोप उपलब्ध गराउन उनले आग्रह गरे । यो महामारीबाट विश्वका पचास लाखभन्दा बढी नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको भन्दै अहिले पनि मानव जातिसँग यो महामारीका विरुद्धमा लड्ने एक प्रभावकारी उपाय खोपमात्र रहेकोतर्फ सबैले बुझ्नुपर्ने उनले बताए ।
कोभिडबाट ५० लाखभन्दा बढीको मृत्यु
कोभिड¬–१९ महामारीबाट विश्वभरमा ५० लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट शुरु भएको यस प्रकोपको कारण विश्वभरी ५० लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ । चालिस लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि गत सोमबार दिइएको जानकारीअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिको सङ्ख्या ५० लाख नाघेको हो । विश्वका अरबौं मानिसले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ । गत अक्टोबरको शुरुपछि करिब एक वर्षमा पहिलो पटक विश्वव्यापीरुपमा दैनिक मृत्युको सङ्ख्या आठ हजारभन्दा कम भएको छ । यद्यपी युरोपमा दुई महिनायता पहिलो पटक कोभिड–१९ का सङ्क्रमित र मृत्युको सङ्ख्या बढिरहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी रहेको पत्रकार सम्मेलनमा बताएका छन् । रुसमा हाल सङ्क्रमण र मृत्यु नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतमा दैनिक एक हजारभन्दा बढी भएको मृत्यु हँुदै आएको छ । रुसमा कोरोना सङ्क्रमणको कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ ।
बेलायतमा २४ घन्टामा ४० हजारभन्दा बढी सङ्क्रमित
बेलायतमा गएको २४ घन्टायता ४० हजार ७७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यो समेतगरी यहाँ भाइरसका सङ्क्रमितको सङ्ख्या ९० लाख ९७ हजार पुगेको छ । गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । यो समेतगरी यहाँ कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४० हजार ६७२ पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीले यतिखेर यस भाइरसबाट सङ्क्रमित कम्तीमा पनि नौ हजार अस्पतालमा रहेका बताएका छन् । बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको पाइएको बताइएको छ ।
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्यो भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ । यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४५ प्रतिशत मात्रै हो । अर्थांत हाल सक्रिय सङ्क्रमित यो सङ्ख्या सन् २०२० को मार्चपछि सब भन्दा कम हो । यसअघि झण्डै १३ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १० हजार ५०० घटेको छ । सोमबार भारतमा १५ हजार २१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यससँगै कोरोना शुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ८३ हजार ५८१ जना कोरोना मुक्त भएका छन् । भारतमा कोरोना भाइरसको परीक्षण ६१ करोड दुई लाखभन्दा बढी भएको छ । यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हामलसम्म एक अर्वभन्दा बढी डोज खोप लगाइएको छ ।– रासस÷सिन्ह्वा