सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १६ कात्तिक (रासस) : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा ४६९ सङ्क्रमित थपिएका हुन् । सोमबार ५३३ जनामा सङ्क्रमण देखिएको थियो । देशभर सक्रिय सङ्क्रमित नौ हजार १७४ रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत पुगेको छ ।
पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् ।
तीन जिल्लामा शून्य सङ्क्रमण
यसैगरी सङ्क्रमति शून्य रहेका जिल्लामा मनाङ, हुम्ला र मुगु छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट स्वास्थ्य लाभ गरेका छन् । योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार ८३२ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ । यसैगरी आज कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४२७ को निधन भएको छ ।
मङ्गलबार ८० हजार ८१८ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८६ लाख ७९ हजार १९८ ले पहिलो मात्रा र ७३ लाख २४ हजार ९२९ ले पूर्ण मात्रा खोप लगाएका छन् । १०१–प्रदेश नं १ मा ८० जनामा कोरोना सङ्क्रमण
विराटनगर, १६ कात्तिक (रासस) ः गएको २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार सय ८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, सङ्खुवासभा, इलाम, तेह्रथुम र ओखलढुङ्गामा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३५ महिलासहित ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । ––– कोरोनाको कारण रोकिएको अध्ययन पुनः सञ्चालन गर्न सरकासँग अनुरोध
विभिन्न सात विद्यार्थी सङ्गठनले कोरोनाका कारण विदेशमा अध्ययन गरिरहेका विद्यार्थीको रोकिएको पढाइमा अन्योल भएको भन्दै चीनलगायत अन्य देशसँग कूटनीतिक पहल गरी अध्ययन गर्ने वातावरण मिलाइदिन सरकासक्ष अनुरोध गरेका छन् । विद्यार्थी सङ्गठनहरुले विदेशमा अध्ययन गरिरहेका तर कारोनाका कारण स्वदेशमा फिर्ता हुनुपरेका विद्यार्थीले पुनः अध्ययन गर्न नपाएका भन्दै आज परराष्ट्रमन्त्री डा नारायण खड्कासमक्ष ज्ञापनपत्र बुझाएका हुन ।
सयौँको सङ्ख्यामा नेपाली विद्यार्थी विद्यावारिधि, एमडी, एमएस, एमडीएस, एमबीबीएस, इञ्जिनियरिङ तथा एमबीएलगायतका कोर्ष अध्ययन गर्नबाट वञ्चित हुनुका साथै लगानीसमेत डुब्न लागेको भन्दै तत्काल पुनः अध्ययन गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको बताइएको छ । यसरी माग गर्नेमा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल (छैटौँ) का अध्यक्ष देवेन्द्र कुँवर, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल र नेविसङ्का सभापति राजिव ढुङ्गाना छन् ।