आज थपिए ४४७ सङ्क्रमित

बुधबार, कात्तिक १७, २०७८

 काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको ४४७ मा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले नौ हजार ९१३ मा कोरोना परीक्षण गर्दा ४४७ मा सङ्क्रमित थपिएका जानकारी दिए । 
हिजो मङ्गलबार ४६९ मा सङ्क्रमण देखिएका थिए । देशभर सक्रिय सङ्क्रमित नौ हजार १२३ रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत पुगेको छ । उहाँका अनुसार ५०० भन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् ।

सङ्क्रमित शून्य जिल्ला दुई
उनका अनुसार आज दुई जिल्लामा सङ्क्रमति शून्य रहेका छन् । हुम्ला र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छ । पछिल्लो २४ घण्टामा ४३९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट लाभ लिई घर फर्किएका छन् । 
योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार २७१ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।५  प्रतिशत रहेको छ । मन्त्रालयका प्रवक्ता डा पौडेलले आज कोरोना सङ्क्रमणबाटन सात जनाको निधन भएको जानकारी दिए। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४३४ को निधन भएको छ ।
आज ९७ हजार ७० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज लगाएकासँगै अहिलेसम्म ८७ लाख १९ हजार ९९५ ले पहिलो मात्रा र ७३ लाख ८१ हजार २०२ ले पूर्ण मात्राको खोप लगाएका छन् । 

प्रदेश नं १ मा ८३ जनामा कोरोना सङ्क्रमण
गएको २४ घण्टामा प्रदेश नं १ मा ८३ जनामा कोरोना सङ्क्रमण भएको छ । तीन सय ६५ को पीसीआर परीक्षण गर्दा ७५ र ७६ को एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६ मध्ये विराटनगरमा २०, सुनसरीमा १७, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण भएको हो । प्रदेशमा आजै ५१ महिलासहित १०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा दुई महिलासहित तीन जनाको मृत्यु भएको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  २१:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार