सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । अमेरिकी अग्रिम अन्तर्राष्ट्रिय व्यापार घाटा सेप्टेम्बरमा उच्च रेकर्ड भई ८०.९ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य विभागले जानकारी गराएको छ । यो तथ्याङ्कले ढुवानीभन्दा अगाडि गरिएको भुक्तानीलाई जनाउँछ र यो ११ प्रतिशतको वृद्धि हो । “अमेरिकी तथ्याङ्क विभाग र अमेरिकी आर्थिक विश्लेषण विभागले सेप्टेम्बर महिनामा समान तथा सेवा घाटा ८०.९ अर्ब अमेरिकी डलर भएको घोषणा गरेको छ । अगस्तमा यो घाटामा ८.१ अर्ब अमेरिकी डलरबाट बढेर ७२.८ अर्ब अमेरिकी डलर पुगेको थियो” विभागले जानकारी दिएको छ । विभागको पूर्वप्रक्षेपणअनुसार सेप्टेम्बरमा निर्यात २०७.६ अर्ब अमेरिकी डलर थियो जुन अगस्तमा भन्दा ६.४ अर्ब अमेरिकी डलर कम हो भने सेप्टेम्बर महिनामा आयात २८८.५ अर्ब अमेरिकी डलर पुगेको छ । अगस्तमाभन्दा १.७ अर्ब अमेरिकी डलर बढी सेवा तथा सामान विदेशबाट आयात गरिएको थियो । “सामान तथा सेवा घाटामा सेप्टेम्बरको वृद्धिले ८.९ अर्ब अमेरिकी डलर बढेर ९८.२ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्कमा छ । सन् २०२० देखि अन्तरराष्ट्रिय व्यापार घाटा १५८.७ अर्ब अमेरिकी डलर वा ३३.१ प्रतिशत बढेको देखिएको छ । अमेरिकी आयात ४३२.८ अरब अमेरिकी डलर वा २१.१ प्रतिशतले बढेपछि निर्यात २७४.१ अर्ब अमेरिकी डलर वा १७.४ प्रतिशत कायम भएको हो ।– रासस/एएनआई