घट्दो कोरोना ग्राफ, मुलुकभर थपिए १८३ जना संक्रमित 

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं । केही समययता कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । चाडवाडको मौसम भएकाले परीक्षणमा आएको कमीका कारण पनि संक्रमण घटेको हुन सक्छ । पछिल्लो २४ घण्टामा देशभर १८३ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या काठमाडौं उपत्यकामा भने ७८ जनामा सिमित रह्यो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४७, भक्तपुरमा २२ र ललितपुरमा ९ संक्रमित थपिएका छन् । हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमिको संख्या एक हजार ७६५ रहेको छ । उपत्यकाका विभिन्न स्थानमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर भने १८३ जनामा कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८४४ जनामा गरिएको परीक्षणमा  १८३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार