कोभिड महामारीको केन्द्रबिन्दु बन्दै युरोप : डब्ल्यूएचओ

शनिबार, कात्तिक २०, २०७८

जेनेभा । विश्व स्वास्थ्य सङ्गठनका वरिष्ठ अधिकारीले युरोपमा गत महिनामा कोरोनाभाइरस सङ्क्रमण ५० प्रतिशतभन्दा बढी बढेको बताएका छन् । यसले खोपको पर्याप्त आपूर्तिको बाबजुद युरोप महामारीको केन्द्रबिन्दु बनेको टिप्पणी गरेका छन् । त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ, तर खोपको खपत बराबर हुन सकेको छैन जसले समस्या निम्त्याएको छ, डब्लुएचओका आपतकालिन प्रमुख डा. माइकल रायनले बिहीबार पत्रकार सम्मेलनमा भनेका छन् । उनले युरोपेली अधिकारीलाई खोपमा अन्तर बन्दू गर्न आग्रह गरे डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार आफ्नो जनसङ्ख्याको ४०५ भन्दा बढी खोप लगाएका देशले रोक्नुपर्छ र यसको सट्टा विकासोन्मुख देशलाई उनीहरूसँग रहेको खोपप्रदान गर्नुपर्दछ । इम्युनो (सम्झौता भएका मानिसलाई बाहेक अरू कुनै बूस्टर मात्रा दिन हातर गर्नु पर्दैन, टेड्रोसले भने । उनले खोप निर्मातालाइकोभ्याक्स आपूर्तिलाई प्राथमिकता दिन आह्वान गरेका छन् । अझै, गरीब देशले विश्वको कोभिड–१९ खोपको १५ भन्दा कम प्राप्त गरे पनि, अफ्रिका र दक्षिणपूर्वी एशियामा केस गत हप्ता ९५ ले घटेको देखाएको छ । साठीभन्दा बढी देशले जाडोभन्दा पहिले कमजोर प्रतिरोधी क्षमता विरुद्ध लड्न बुस्टर खुराक दिन थालेका छन् । यद्पि अर्को कोभिड–१९ लहर आउँने सम्भावना अझै कायमै छ । संयुक्त राज्यमा, पाँचदेखि ११ वर्षका बालबालिकाले यस हप्ता कोभिड–१९ विरुद्धको खोप लिन थालेपछि अधिकारीले जोखिम भन्दा लाभ बढी भएको टिप्पणी गरेका छन् ।
यसअघि बिहीबार, डब्लुएचओका ५३ देशका युरोप क्षेत्रका निर्देशक डा हान्स क्लुगेले कोभिड–१९ का बढ्दो सङ्क्रमितको सङ्ख्या ूगम्भीर चिन्ताको विषयू भएको बताएका थिए । 
युरोप महामारीको केन्द्रबिन्दुमा फर्किएको छजहाँ हामी एक वर्ष पहिले थियौं, डब्ल्यूएचओको कोपेनहेगन कार्यालयका क्लुगेले भने । क्लुगेले चेतावनी दिँदै भनेका छन्, कोरोनाभाइरसबाट सङ्क्रमितको अस्पताल भर्ना दर गत हप्तामा दोब्बरभन्दा बढी भएको छ र यस्तै बढ्दै जाने हो भनेयस क्षेत्रमाथप ५००,००० महामारीबाट मृत्यु हुनसक्छ । 
डब्लुएचओ युरोपले मध्यएशियामा पूर्वसोभियत गणतन्त्र जत्तिकै पूर्वसम्म फैलिएको क्षेत्रले झण्डै १८ लाख नयाँ साप्ताहिक घटनामाअघिल्लो हप्ताको तुलनामा करिब छ प्रतिशतले वृद्धि भएको बताएको छ ।
क्लुगेले यस क्षेत्रका देश भ्याक्सिनेशन रोलआउटको विभिन्न चरणमा रहेको र क्षेत्रव्यापी औसत ४७५ मानिसलाई पूर्णरूपमा खोप लगाइएको बताउँनुभएको छ । त्यसैगरी केवल आठ देशमा भने उनीहरूको जनसङ्ख्याको ७०५ लाई पूर्णरूपमा खोप लगाइएको छ ।
युरोपको कोभिड–१९मा भएको वृद्धिले लगातार पाँचौं हप्तासम्म बढिरहेको देखाएको छ । सङ्क्रमण दर युरोपमा अहिलेसम्मकै उच्च थियो, जसले प्रति १००,००० व्यक्तिमा १९२ नयाँ सङ्क्रमण भएको देखाएको छ ।
हामी स्पष्टरूपमा अर्को लहरमा छौं, स्वीडेनका प्रमुख महामारी विशेषज्ञ एन्डर्स टेगनेलले बिहीबार भनेका छन् । महामारीको बढ्दो रूपपूर्ण रूपमा युरोपमा केन्द्रित छ । मध्य र पूर्र्वीयुरोपका धेरै देशले हाल दैनिक सङ्क्रमण दरबढेको देखाएका छन् ।
एम्स्टर्डममा रहेको युरोपेली मेडिसिन एजेन्सीले बिहीबार अनलाइन ब्रिफिङमा विज्ञले सबैलाई खोप लगाउन आग्रह गरेका छ ।
युरोपमा महामारीको अवस्था अहिले धेरै चिन्ताजनक छ किनकि सङ्क्रमण दर, अस्पतालमा भर्ना हुने र मृत्युको सङ्ख्यामा वृद्धि भएको देख्न सक्छौं, इएमएका क्लिनिकल अध्ययन र निर्माणकार्य बलका प्रमुख फर्गस स्वीनीले भने ।
उनका अनुसारसबैलाई पूर्णमात्राको खोप लगाउन अनिवार्य छ किनकि यो मात्र महामारी नियन्त्रण गर्ने एक सशक्त उपाय हो ।– रासस/एपी
 

प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  २०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार