मलेसिया र सिङ्गापुरले हवाई यात्राका लागि क्वारेन्टिन अनिवार्यता हटाउने

सोमबार, कात्तिक २२, २०७८

क्वालालम्पुर, २२ कात्तिक । मलेसिया र सिङ्गापुरले भ्याक्सिनेटेड ट्राभल लेन (भीटीएल) को शुभारम्भसँगै दुई देशहरूबीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले सोमबार बताएका छन् । 
मलेसियाको प्रधानमन्त्री कार्यालय र सिङ्गापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संंयुक्त प्रेस विज्ञप्तिअनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ विछोडिएका परिवारहरूलाई पुनर्मिलन हुने अवसर प्रदान गर्नु हो । दुवै देशले आ–आफ्ना जनतालाई खोप लगाउन र कोभिड–१९ महामारीको व्यवस्थापनमा गरेको महत्त्वपूर्ण प्रगतिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीहरूले क्रमशः सीमापार यात्राहरू पुनः सञ्चालन गर्न समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन् । सिङ्गापुरले भ्याक्सिनेटेड ट्राभल लेनले क्वालालम्पुर इन्टरनेशनल एयरपोर्ट (प्ीक्ष्ब्) र सिङ्गापुरको चाङ्गी एयरपोर्टबाट मात्र हवाई यात्रालाई समेट्ने छ ।  यद्यपि दुई देशलाई जोड्ने अन्य मार्गलाई पुनः सञ्चालन गर्न भने थप वार्ता आवश्यक हुने बताइएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार