सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा

मंगलबार, कात्तिक २३, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, २३ कात्तिक । सनराइज बैंकले चालु आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको २२ कात्तिकमा बसेको सञ्चालक समिति बैठकले छ दशमलव ६५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार