सोसल मिडिया
Contact Us
युनिकोड
अछाम, कात्तिक । बच्चा जन्माउन नसकेपछि अछामबाट एक जना गर्भवतीकाे हेलिकाेप्टरबा६ उद्धार गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका-१ निवासी मनसरा देवकोटाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको हो । दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि उनकाे हेलिकाेप्टरमार्फत उद्धार गरिएको हो । तत्काल उद्धर गर्नु पर्ने भएकाले हेलिकोप्टर मगाएर कोहलपुर लगेकाे प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई नि:शुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ। अछाममा २०७६ सालदेखि हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १८ जना महिलाको हेलिकाेप्टरमार्फत उद्धार गरेकाे प्रजिअ मल्लले जानकारी दिए ।