सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, २३ कात्तिक । चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिसन’ले मङ्गलबार जानकारी दिएको छ । चीनमा विश्वको तुलनामा सबभन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ । सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो । विश्वभरी सो समयदेखि हालसम्म २५ करोड ११ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ५० लाख ७३ हजारभन्दा बढी व्यक्तिको यसको सङ्क्रमणको कारण मृत्यु भएको छ । यद्यपी २२ करोड ७४ लाख छ हजारभन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् ।– रासस/सिन्ह्वा