मंगलबार थपिए ५३३ जनामा कोरोना संक्रमित 

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौँ, २३ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा १६ हजार ७३६ जनाको कोरोना परीक्षण गरिएको थियो । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६१२ छ । नेपालमा कोरोना सङ्क्रमण दर १८।२ प्रतिशत छ । हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र  ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् । 

दुई जिल्लामा सङ्क्रमित शून्य 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई जिल्लामा कोरोना सङ्क्रमति शून्य रहेको छ । हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।  पछिल्लो २४ घण्टामा ४८४ जना सङ्क्रमणबाट मुक्त भएका छन् । 

योसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ३०६ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।७  प्रतिशत छ । कोरोना सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४५४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा सात हजार ७७, संस्थागत आइसोलेशनमा ५३५, सघन उपचार कक्षमा १९९ र भेन्टिलेटरमा ५५ सङ्क्रमित छन् । देशभर आज ४३ हजार ३८० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ लाख ४७ हजार ७१२ जनाले कोरोना खोपको पहिलो मात्रा तथा ७४ लाख ६८ हजार ९१४ जनाले पूर्ण मात्रा लगाएका छन् । 

प्रदेश नं १ मा सबैभन्दा बढी मोरङमा सङ्क्रमित
पछिल्लो २४ घण्टामा प्रदेश नं १ सबैभन्दा बढी मोरङमा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्थानीय पालिकाका अनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिकामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १७, सुनसरीमा १०, इलाममा दुई, सङ्खुवासभा र उदयपुरमा एकरएक जना गरी कूल ९५ जनामा सङ्क्रमण देखिएको हो ।
सो सङ्क्रमित ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० को एन्टिजेन परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा आजै १७ महिलासहित ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने चार महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाबाट १६ जना सङ्क्रमित
सुदूरपश्चिम प्रदेशमा थप  १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८०० जनाको नमूना परीक्षण गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार १४ जनामा आरटी पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १४ र एन्टिजेनमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण देखिएको हो । 

प्रदेशभर १३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । उक्त अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७२ वर्षीया महिलाको ज्यान गएको हो । सोमबार प्रदेशमा ३० जनाका कोरोना सङ्क्रमण पुष्टि भएको हुनाका साथै ३० जना सङ्क्रमण मुक्त भएका थिए ।  

गण्डकीमा ८७ जना कोरोना सङ्क्रमणमुक्त
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा ३२ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार थपिनेमा कास्कीका १७ , नवलपरासी ९बर्दाघाट सुस्तापूर्व० र पर्वतका चार÷चार , स्याङ्जाका तीन, बागलुङका दुई, लमजुङ र तनहुँका एक÷एक छन् । प्रदेशमा सकृय सङ्क्रमितको सङ्ख्या ४२६ पुगेको छ भने होमआइसोलेसनमा ३९१ जना रहेको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार