प्रभु बैंकले १२ दशमलव ६३ प्रतिशत लाभांश दिने 

बुधबार, कात्तिक २४, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, २४ कात्तिक । प्रभु बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपपछि मात्रै सेयर धनीले पाउनेछन् । गत वर्ष बैंकले १० दशमलव ५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गरेको थियो । 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार