मेगा बैंकले गर्‍याे १२ दशमलव ०७ प्रतिशत लाभांश प्रस्ताव

बुधबार, कात्तिक २४, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, २४ कात्तिक । मेगा बैंकले सेयर धनीलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गरिनेछ । सेयर धनीलाई बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार