विस्तारै बढ्न थाले कोरोना सङ्क्रमित 

बुधबार थपिए ४७४ जना कोरोना सङ्क्रमित, ६ जनाको मृत्यु
बुधबार, कात्तिक २४, २०७८

काठमाडौं, २४ कात्तिक । ठूला चाडपर्वका बेला केही कम देखिएको कोरोना सङ्क्रमण चाडवाड सकिएपछि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा थप ४४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका ६ हजार ८१४ नमूनामध्ये पीसीआर विधिबाट ३ सय ८७ र एन्टिजेन विधिबाट ५३ गरी ४४० जनामा संक्रमण देखिएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४७४ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९६ हजार ७८० पुगेको छ। यस्तै, कोरोनाबाट थप ६ जनाको ज्यान गएको छ। मंगलबार कोरोनाबाट १ जनाको मात्रै मृत्यु भएको थियो । हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ। तीमध्ये १८९ जनाको आइसीयूमा र ५३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घन्टामा १६ हजार ५२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार