अस्पतालमा भएको आगलागीमा परी कोभिडका दुई बिरामीको मृत्यु

बिहीबार, कात्तिक २५, २०७८

बुचारेष्ट, २५ कात्तिक । रोमानियाको एक अस्पतालमा बिहीबार बिहान सबेरै भएको आगलागीका कारण कोभिड–१९ का दुई जना बिरामीको मृत्यु भएको छ । यस वर्षको शुरुबाट हालसम्म यो चौथो भीषण आगलागी भएको बताइएको छ । 
रोमानियाको दक्षिण भागमा रहेको प्लोइस्टी शहरमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ०४ बजे आगलागी शुरु भएको जनाइएको छ ।   
आगो छिटो निभाइएको भएतापनि दुर्भाग्यवश दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्री सेके एटिलाले स्थानीय सञ्चारकर्मीसँग बताउनुभयो । आगलागीको अनुसन्धान सुरु भएको पनि स्वास्थ्य मन्त्रीको भनाइ छ ।  आगलागीमा परी एक नर्स पनि घाइते भएकी अधिकारीले बताएका छन् । अस्पतालका प्रमुख बोग्दान निकाले भवनको गत वर्ष मर्मत् गरिएको जानकारी दिए ।  यसको विद्युतीय र अक्सिजन प्रणाली भर्खरै प्रमाणित गरिएको तर भवनमा आधा जस्तै फायर डिपार्टमेन्टबाट आवश्यक फायर सेफ्टी प्राधिकरण नभएको उनले बताए । रोमानियाको एक अस्पतालमा कोरोनाभाइरस महामारी सुरु भएदेखि नै यो आगलागी सबैभन्दा घातक भएको बताइएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार