सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २६ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ६६ को परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको संख्या आठ लाख १६ हजार ४१५ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या ९५ हजार ३७ जना रहेको छ । आज ३८९ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या सात लाख ९७ हजार ४४८ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
तीन जनाको मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यो रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ९३ हजार ६९५ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको संख्या सात हजार ४९८ रहेको छ । अहिले होम आइसोलेशनमा ६ हजार ९४५, संस्थागत आइसोलेशनमा ५५३, आइसीयुमा १९० र भेन्टिलेटरमा ५७ जनाले उपचार गराइरहेका छन् ।
गण्डकीमा ४३ सङ्क्रमित थपिए गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा थप ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार थपिनेमा कास्कीका २४, तनहुँका छ, स्याङ्जाका पाँच, बाग्लुङका तीन, म्याग्दी र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का दुई-दुई, र पर्वतका एक जना रहेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३७२ रहेको छ भने होम आइसोलेशनमा रहनेको सङ्ख्या ३११ जना रहेको निर्देशनालयले जनाएको छ ।