सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर ः ललितपुर महानगरपालिका भित्रका समस्या, गुनासो र आवश्यकताहरु नगरबासीले एप्स मार्फत जानकारी गराउन सक्ने भएका छन् । क्यापिटल आईले तयार पारेको ‘एलएमसी सिटी पुलिस एप्स’मार्फत नगरवासीले नगरभित्रका समस्या, गुनासो र आवश्यकताबारे जानकारी गराउन सक्ने भएका हुन् । उक्त एप्सको सोमबार महानगरप्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गरे । एप्सबाट नगरबासीले नगरमा भइरहेको बेथिति, नियम विपरीत भइरहेका काम, समस्याहरु सिधैं महानगर प्रहरी समक्ष पु¥याउन सक्ने छन् । यसरी विवरण दिनेहरुको परिचय गोप्य रहने व्यवस्था मिलाइएको छ । ललितपुर महानगरका प्रमुख महर्जनले यो एप्सले ललितपुर महानगरको सम्पत्ति भएको बताउँदै एप्स स्मार्ट सहरको एक तत्व भएको स्पष्ट पारे । उनले महानगरभित्रका समस्या प्रविधिमार्फत प्राप्त हुने भएकाले समाधान छिटो बताए । प्रविधि मैत्रीयुग भएकाले यो प्रभावकारी हुने धारणा उनको थियो । उनले महानगर भित्र विकास निर्माणका धेरै काम भइरहेको जानकारी दिँदै पानी र हरियाजन्य योजनालाई प्राथमिकतामा राखेको बताए । नगरबासीले गोप्य रुपमा एप्स माध्यमबाट गुनासो, सल्लाह, सुझावतथा समस्याका बारेमा फोटोसहित सूचना दिन सक्ने क्यापिटल आइका शिरिष कर्माचार्यले बताए । उनका अनुसार एप्सकै माध्यमबाट नगरबासीले राखेको सूचना तथा समस्याका बारेमा भएको प्रगति विवरण हेर्न पाउनेछन् । प्रविधिको प्रयोग गरेर नगरबासीले समस्याको बारेमा जानकारी गराउने र सूचना प्रदान गर्ने भएकाले यो प्रभावकारी हुने नगरप्रहरी प्रमुख सीताराम हाछेथूले बताए । नगरको समस्या समाधान गर्न यो एप्स सहयोगी हुने उनको धारणा थियो । ललितपुर महानगरको नगरप्रहरी प्रमुखमा सीताराम हाछेथुलाई नियुक्त गरेपछि फुटपाथ व्यवस्थापन अतिक्रमणलाई व्यवस्थित गर्ने , टाँगिएका तार व्यवस्थापन गर्ने, नागरिक सचेतना कार्यक्रमलगायतका कार्यक्रमहरु भइरहेका छन् ।