मधुमेह रोग परीक्षण तथा सचेतनामा लायन्सको अग्रसरता

सोमबार, कात्तिक २९, २०७८

ललितपुर, २९ कात्तिक  : विश्व मधुमेह दिवसका सन्दर्भमा पाँचवाट लायन्स क्लबहरुले जनभावना क्याम्पसको प्राङ्गणमा मधुमेह परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेका छन् ।  लायन्स क्लबहरुको वार्षिक कार्य योजना तथा लायन्सको विश्व्यापी कार्यक्रम अनुसार  लायन्स क्लब अफ काठमाडौं जनभावना, लायन्स क्लब अफ काठमाडौ डाइभर्सिटी, लायन्स क्लब अफ काठमाडौ पिपल्स, लायन्स क्लब अफ काठमाडौ आङना पाँचथर तथा लायन्स क्लब अफ काठमाडौ इम्प्याक्टले कार्यक्रम आयोजना गरेका हुन् ।  लायन्स क्लब अफ काठमाडौं  जनभावनाका अध्यक्ष दीपककुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सक डा.अमन शाक्यले मधुमेह रोगको वर्तमान अवस्था,  रोगका लक्षण, बच्ने उपायका बारेमा प्रस्तुति दिएका थिए । 
कार्यक्रममा इम्प्याक्ट एरिया लिडर भरत शर्मा, लायन्सका ब्राण्ड एम्बेसडर शिवराज सञ्जेल, जोन चेयर पर्सन रामहरि घिमिरे, लायन्स क्लब अफ काठमाडौ इम्प्याक्टका विष्णु सापकोटा, लायन्स निर्माल न्यौपानेले मधुमेह रोगको असरका बारेमा प्रकाश पारेका थिए । कालिका प्याथल्याव विश्व श्रेष्ठसहितको टोलीको कलेजका प्राध्यापक तथा विद्यार्थीहरुको मधुमेह परीक्षणमा सहजीकरण गरेका थिए । 


 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार