क्रिकेटका लागि पत्रिका बाँड्ने वार्नर, 'यसरी बने ‘नम्बर वान’ ब्याट्सम्यान'

सोमबार, कात्तिक २९, २०७८
काठमाडौं, २९ कात्तिक : इन्डियन प्रिमियर लिग (आईपीएल) आईसीसी टी-२० विश्वकप २०२१ अघि खेलिएको थियो । अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर पनि आईपीएलको १४ औं सिजनमा सहभागी थिए । उनी सनराइजर्स हैदरावाद टिमका कप्तानसमेत थिए । तर, आफ्नो र टोलीको खराब प्रदर्शनका कारण कप्तानी छोड्न उनी बाध्य भए । एसआरएचको कप्तानी केन विलियम्सनलाई दिइएको थियो । यूएईमा भएको आईपीएल २०२१ को दोस्रो लेगमा पनि उनी आफैं टोलीबाट बाहिरिएका थिए । फर्म अस्थायी, तर क्लास स्थायी हुन्छ भन्ने विषयलाई वार्नरले प्रमाणित गरे। बायाँ हाते ब्याट्सम्यान वार्नर आफूलाई टोलीबाट हटाएकोमा निराश थिए । तर, उनले आफू र आफ्नो टोलीका साथीहरूलाई आफू ठूलो खेल विजेता भएकोमा विश्वास गरे । यो कुरा उनले टी-२० विश्वकपमा प्रमाणित गरे ।
अस्ट्रेलियालाई पाकिस्तानविरुद्धको सेमिफाइनल र न्युजिल्यान्डविरुद्धको फाइनलमा जित दिलाउन डेभिड वार्नरको महत्वपूर्ण भूमिका थियो । उनले पाकिस्तानविरुद्ध ४९ रन र न्युजिल्यान्डविरुद्ध ५३ रन बनाएर टोलीलाई पहिलो टी-२० विश्वकपको उपाधि दिलाएका थिए । दुवै खेलमा ‘प्लेयर अफ द म्याच’को उपाधि जित्न नसके पनि उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । वार्नरले टी-२० विश्वकपका सात खेलमा २८९ रन बनाउन सफल भएका छन् । उनले तीन अर्धशतक बनाए ।  उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी नभए पनि उनले बनाएका रन टोलीका लागि महत्वपूर्ण समयमा काममा आए।  यही कारण आईसीसी प्यानलले उनलाई आईसीसी प्लेयर अफ द टुर्नामेन्टको उपाधिबाट सम्मान गर्ने निर्णय गरेको थियो। वार्नर यस प्रतियोगितामा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडी पनि थिए। वार्नरले टी-२० विश्वकपमा ३२ चौका र १० छक्का प्रहार गरेका थिए।

को हुन् डेभिड वार्नर?

डेभिड वार्नरको नाम डेभिड एन्ड्रीभ हो । मानिसहरूले उनलाई लोड, क्यानन, पकेट साइज डायनामो, मेरियो भनेर पनि चिन्छन् । उनको जन्म २७ अक्टोबर १९८६ मा अस्ट्रेलियाको सिड्नीमा प्याडिङटनमा भएको थियो । वार्नरको परिवार एक मध्यवर्ती परिवार थियो। जसकारण वार्नरले आफ्नो बाल्यकालमा धेरै कठिनाइको सामना गरे । उनका बुवा होवार्ड वार्नर मेसिनरी पसलमा काम गर्थे । वार्नरको ध्यान पढाइमा कम थियो । वार्नरको कक्षा १२ सम्मको पढाइ सिड्नी सहरमै भएको थियो ।

वार्नरको परिवार निकै गरिब थियो । जसकारण उनले आफ्नो क्रिकेट खेल्ने सपना पूरा गर्न सकेनन् । उनलाई घरबाट पढ्न आग्रह गरिन्थ्यो । तर, उनको ध्यान क्रिकेट खेल्नतिर थियो । छोराका इच्छा पूरा गर्न उनका बुवाले प्लास्टिकको ब्याट किनिदिएका थिए । ब्याट भाँचियो भने नयाँ नकिन्ने बुवाको कुरा उनको मानसपटलमा रहिरहन्थ्यो । त्यसैले होला उनी ब्याटको हेरचाह गरिरहन्थे । वार्नरले आफ्नो बाल्यकालमा परिवारबाट कुनै पकेट मनी पाएनन् । जसकारण वार्नर हप्ताको अन्तिम दिन विद्यालय जाँदैनथे। त्यसपछि उनी पत्रिका बाँड्ने गर्थे र स्कुलको समय र हरेक क्रिसमसका लागि पैसा उठाउने गर्थे । 

वार्नरको क्रिकेट करियर

‘खाने मुखलाई जुँगाले छेक्दैन्’ भनेझैं वार्नर लगातार आफ्नो ब्याटिङमा फोकस गर्थे । उनको ब्याटिङलाई उत्कृष्ट बनाउन वार्नरका प्रशिक्षकले पनि कडा मेहनत गरेका थिए । १३ वर्षको उमेरमा वार्नरका प्रशिक्षकले उनलाई देब्रे हातले ब्याटिङ गर्न भनेका थिए । जसकारण उनको ब्याटिङ राम्रो हुँदै गइरहेको थियो । यद्यपि, उनले एक सिजनपछि बायाँ हाते ब्याटिङमा फर्किए र सिड्नी कोस्टल क्रिकेट क्लबबाट खेले । उनले सन् २००९ मा प्रथम श्रेणी क्रिकेट खेल्ने मौका पाए । उनले न्यू साउथ वेल्सबाट प्रथम श्रेणी क्रिकेट खेले । यससँगै वार्नरले फर्स्ट क्लास क्रिकेटमा कडा मेहनत गरिरहे ।

वार्नरको विस्फोटक ब्याटिङका कारण उनले अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने अवसर पाए।  उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल टी-२० खेलका रूपमा खेले । उनले आफ्नो पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध मेलबर्न क्रिकेट मैदानमा ११ जनवरी २००९ मा खेलेका थिए ।  त्यसपश्चात भने उनले पछाडि फर्केर हेर्नु परेन ।

टी-२० मा वार्नरले अहिलेसम्म लगातार प्रदर्शन गर्दै आएका छन् भने उनी टी-२० मा अस्ट्रेलियाबाट ओपनिङ गर्दै आएका छन् । अस्ट्रेलियाका लागि ओपनिङमा वार्नर पहिलो रोजाइमा छन् । उनले आफ्नो एकदिवसीय करियर पनि दक्षिण अफ्रिकाविरुद्ध नै सुरु गरेका थिए । उनले १८ जुन २००९ मा डेब्यू गरका थिए । जहाँ वार्नरले पहिलो खेलमा ओपनिङ गर्ने मौका पाए । उनी ५ रन बनाएर डेल स्टेनको शिकार बने । यद्यपि डेभिड वार्नरले पछिल्ला खेलमा राम्रो प्रदर्शन गरेर टोलीमा निरन्तर स्थान बनाइरहेका छन् ।

टी-२० र वानडेमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले टेस्ट क्रिकेट खेल्ने मौका पाए । उनले आफ्नो पहिलो टेस्ट खेल १ डिसेम्बर २०११ मा न्युजिल्यान्डविरुद्ध गाब्बा क्रिकेट मैदानमा डेब्यू गरेका थिए । जहाँ उनले ओपनिङ गर्ने मौका पाए । पहिलो इनिङ्समा उनको प्रदर्शन खराब रह्यो भने दोस्रो इनिङ्समा पनि उनले १२ रन मात्रै बनाउन सके । तर, अस्ट्रेलियाले न्युजिल्यान्डलाई ९ विकेटले पराजित गर्न सफल भयो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार