लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

मंगलबार, कात्तिक ३०, २०७८
मयुर प्लाई

विनतियन, ३० कात्तिक । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । 
सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो ।  कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो ।  महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू र विज्ञहरूसँगको छलफल र परामर्शका क्रममा अबदेखि भौतिक उपस्थितिमा पढाइ सुरु गर्नु उपयुक्त हुने सुझाव आएको थियो । 
सुझावका आधारमा सरकारले सूचना जारी गरेपछि विद्यालयका सरोकारवालाहरूले विद्यालय सञ्चालन गरेका हुन् । 
कोरोनाभाइरस फेरि फैलिन नदिनका लागि सतर्कता भने अपनाइरहनु पर्नेमा विज्ञहरूले जोड दिएका छन् । तर अहिले प्रतिबन्धात्मक व्यवस्था भने कुनै नरहेको उनीहरूको भनाइ छ । 
सरकारले विमानस्थल तथा जल यातायात मार्फत मानिसहरूलाई आवतजावत गर्न वा सामानहरू ओसारपसार गर्न दिन थालेको छ । 
त्यसैगरी कुनै पनि यात्रुहरूलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था पनि अहिलेका लागि हटाइएको अधिकारीहरूले जनाएका छन् । 
सबै क्षेत्रमा खुल्ला गरेसँगै देशभरिको जनजीवन पनि अहिले सामान्य हुँदै गएको र आम नागरिक खुसी भएका छन् । 
लाओस सरकारले यही वर्ष सन् २०२१ को अन्त्यसम्ममा खोप लगाउन मिल्ने कूल जनसङ्ख्याको आधालाई खोप लगाइसक्ने योजना बनाएको छ ।  लाओसमा अहिलेसम्म कोरोनाभाइरसबाट ५५ हजार १८ जना सङ्क्रमित भएका छन् भने १०४ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ । त्यसैगरी लाओसमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १० हजार १५८ रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार