सोसल मिडिया
Contact Us
युनिकोड
‘भोलि बन्द छ । जानै पर्छ । अफिसतिर जानुपर्ने मान्छे झन् जानैपर्छ । नेपाल बन्द भए पनि अफिस त पुग्नै पर्याे,’ उनले भने, ‘पाँच सयमा त हुँदैन । भोलि बन्द छ । आठ सय नै हो भाडा ।’ पाँच सय रुपैयाँमा मिलाउन आग्रह गर्दा पनि गाडीवालाले भाडा नमिलाएको रेग्मीले गुनासो गरे ।
‘गाडी नै नपाइने । पाए पनि अचाक्ली महँगो । त्यहि भएर अर्काे दिन जानुपर्ला भनेर फर्किए,' रेग्मीले भने । त्यसअघि उनले काठमाडौँ जाने माइक्रो फेला पारेका थिए । मुढामा बसेर गएपनि पाँच सय रुपैयाँ भाडा लाग्ने भनेपछि आफु नचढेको उनले बताए ।
गाडीले भाडा महँगो भनेपछि उनले प्रहरीलाई पनि जानकारी गराए । पुलचोकमा खटिएका एक जना प्रहरी गाडीभित्र पसेर भाडा महंगोको विषयका गुनासो भए बताउन आग्रह गरे । बाध्यात्मक अवस्थाका यात्रु चुपचाप बसे ।
विप्लव माओवादीको बन्दका कारण धेरै यात्रुले सास्ती पाएका छन् । यहि बन्द यातायात व्यवसायीलाई भने मौकामा चाैका भएको छ । चाडपर्व होस् वा अन्य कुनै आपत परेको बेला होस् । यातायात व्यवसायीले यात्रुलाई लुट्नुसम्म लुटेका हुन्छन् ।