बढ्न थाले कोरोना सङ्क्रमित, थप ४१२ जनामा कोरोना पुष्टि

बुधबार, मंसिर १, २०७८

काठमाडौँ, १ मङ्सिर ।  पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । मङ्गलबार ३७७ सङ्क्रमित  भएकामा  आज ४१२ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार ९९३ को कोरोना परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ३५ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार २२३  रहेको छ । आज २०२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ९१६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

एकको मृत्यु
 
पछिल्लो २४ घण्टामा थप एक जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८३ पुगेको छ । अहिले कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय एक लाख १७ हजार ६१ ले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६३६ छ । अहिले होम आइसोलेसनमा सात हजार १६३, संस्थागत आइसोलेसनमा ४७३, आइसियुमा २२४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् ।

सुदूरपश्चिममा १३ सङ्क्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा आज थप १३  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ४१ जनाको नमूना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आरटी पीसीआर १० एन्टीजेन विधिमार्फत तीन जनामा सङ्क्रमण  देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १० र  एन्टीजेन विधिमार्फत कञ्चनपुरका तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा ११ सङ्क्रमण पुष्टि हुँदा सात जना सङ्क्रमणमुक्त भएका थिए ।  

 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार