सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर

बिहीबार, मंसिर २, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, २ मंसिर । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार २०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको हो । बिहीबार छापावाल सुन प्रति १० ग्राम ८१ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ५९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।  बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार