राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
परराष्ट्र/कुटनीति
भारतले अनुमति नदिएपछि नेपाली भूमि हुँदै जनगणनाको टोली छाङरु र तिंकरतर्फ हिँड्यो
भारतले अनुमति नदिएपछि नेपाली भूमि हुँदै जनगणनाको टोली छाङरु र तिंकरतर्फ हिँड्यो
बिरा दत्त भट्ट
शुक्रबार, मंसिर ३, २०७८
शुक्रबार, मंसिर ३, २०७८
दार्चुला, ३ मंसिर : दार्चुलाको ब्यास गाउँपालिका–१मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको छ ।
भारतीय बाटो प्रयोग गर्नका लागि भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग गत २६ कात्तिकमा नै अनुमति मागेको भए पनि हालसम्म अनुमति नदिएपछि स्वदेशकै बाटो भएर टोली उक्त क्षेत्रतर्फ गएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।
जनगणना कार्यालय दार्चुलाका सहायक जनणना अधिकारी र कार्यालय सहयोगी लोकेन्द्र टेर उक्त क्षेत्रमा जनगणनाका लागि गएका छन् । गणकले जान नसक्ने भनेपछि आफूहरूमात्र गएको सहायक जनगणना अधिकारी कार्कीले बताए ।
‘जनणनाका लागि गएका छौँ । आज बेलुका ब्यास गाउँपालिका–२ दुम्लिङ बास बस्ने र भोलि उक्त क्षेत्रतर्फ जाने योजनामा छौँ, कार्कीले भने ।
दुम्लिङभन्दा माथिल्लो क्षेत्रमा बाटो अवरुद्ध भएकाले जान सक्ने अवस्था भए जाने नभए फिर्ता हुने उनको भनाइ छ । ‘महाकाली नदी किनारको मुलबाटो पूर्ण रूपमा भत्किएको छ रे, डाँडा चढेर जान सकिने भए जान्छाैँ, नसकिने अवस्था भए फिर्ता हुन्छौँ’, उनले भने ।
जान सक्ने नभएमा सुपरिवेक्षकले ल्याएको फोन नम्बरमा सम्पर्क गरी यतैबाट सोधपुछ गरी जनगणना गरिने जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेको भनाइ छ । छाङरु गाउँमा ८१ र तिंकर गाउँमा ३२ गरी त्यस क्षेत्रमा ११३ परिवार रहेको उनले बताए ।
ब्यास गाउँपालिका–१मा पर्ने पाँचगाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु गाउँमध्ये कुटी, नाभी र गुञ्जीगाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेकाबाहेक तिंकर र छाङरु गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।
छाङरु पुग्ने नेपालको बाटो वर्षादको बेला महाकाली नदीको कटानले तथा भारतले विस्तार गरिरहेको धार्चुला–लिपुलेक सडकका कारण ठाउँठाउँमा अवरुद्ध छ । नेपालतर्फ बाटो नभएकाले स्थानीयदेखि त्यस क्षेत्रमा पुग्ने नेपाली सुरक्षाकर्मीहरू समेत भारतको अनुमित लिएर जाने गरेका छन् ।
अनुमति दिएमा अतिक्रमित गाउँको जनगणना हुने आशंका
प्रशासनले गणकको लागि यात्रा अनुमति मागेको विषयमा उच्च स्तरलाई जानकारी गराएको भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा. आशिष चौहानले भारती यपत्रिका अमर उजालालाई प्रतिक्रिया दिएका छन् ।
नेपालतर्फ गुञ्जी, कुटी र नाभिको पनि जनगणना गर्ने चर्चा भएकाले गणकलाई यात्राको अनुमति दिएमा उक्त क्षेत्रसम्म पुग्न सक्ने भारतले आशंका गरेको छ ।
भारतको धार्चुला तहशिलबाट करिब ७० किलोमिटर उत्तरमा रहेको छियालेक क्षेत्रबाट भारतले नोटिफाइड क्षेत्र घोषणा गरको छ । नोटिफाइड क्षेत्रमा विदेशी नागरिकले प्रवेश गर्नका लागि भारतीय प्रशासनको अनुमति आवश्यक हुन्छ । छियालेकभन्दा माथिल्लो क्षेत्र प्रवेश गर्नेलाई भारत तिब्बत प्रहरी (आईटीवीपी) ले यात्रा अनुमति जाँचदेखि कडा चेकजाँच गर्ने गरेको छ ।
भारतको छियालेकबाट करिब पाँच किलोमिटर अघि नेपालीगाउँ छाङरु जाने महाकाली नदीमाथी काठको पुल छ । उक्त नाकालाई सीतापुल भनिन्छ । छियालेक क्षेत्रमा यात्रा अनुमतिपत्र देखाएर भारतको गरब्याङ गाउँ पुगेकाहरूले पुनः सिता पुलनाकामा रहेको एसएसबीले अनुमतिपत्रलगायत चेकजाच गरी नेपाल प्रवेश दिन्छ । गत २५ कात्तिकबाट सुरू भएको १२औँ राष्ट्रिय जनगणना ९ मंसिरमा समापन हुँदै छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८
२१:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
महालक्ष्मीस्थान चोकदेखि नख्खु खोला पुलसम्मको सडक कालोपत्र (भिडियो)
नंः २
ललितपुर महानगर २८ नं. वडाले शैक्षिक सम्मान तथा हस्तकला प्रदर्शनी आयोजना गर्दै (भिडियो)
नंः ३
सहरलाई विकसित र समृद्ध बनाउन असल अभ्यास आदानप्रदान आवश्यक
नंः ४
कार्नेस र पिलाष्टरको सीप सिकाउन ललितपुर महानगरमा तालिम
नंः ५
सल्यानको शारदा नगरपालिकामा मेयरकप टी २० क्रिकेट सुरु
विशेष
क्यान्सर विजेता बबीका कुरा
बुधबार, चैत २७, २०८१
अन्तर्वार्ता
जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं : महेन्द्रकुमार खड्का
सोमबार, माघ २१, २०८१
यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा. पौडेल
मंगलबार, माघ १, २०८१
काष्ठ व्यवसायलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी फलदायी हुने : होमप्रसाद घिमिरे अध्यक्ष, नेपाल प्लाईउड उत्पादक संघ (भिडियो)
आइतबार, पुस २८, २०८१
जाडो याममा स्वासप्रस्वास नली सुनिने र फोक्सोमा असर देखिनसक्छ : डा.प्रतिक वाग्ले
शुक्रबार, पुस १९, २०८१
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
जीवनशैली
वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड
शुक्रबार, माघ ४, २०८१
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
शिक्षा
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
मंगलबार, फागुन २७, २०८१
विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव
शुक्रबार, फागुन २, २०८१
नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह
बुधबार, माघ ३०, २०८१
थामी समुदायले दिए देउसी खेलेर सङ्कलन गरेको पैसा विद्यालय सञ्चालनको लागि चन्दा
बुधबार, माघ २३, २०८१
पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा
बुधबार, माघ २३, २०८१
विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री
सोमबार, माघ १४, २०८१
यसरी नमुना विद्यालय बनेको छ रामेछापको दुर्गम गाउँ बेथानस्थित डहु मावि
शुक्रबार, माघ ११, २०८१
हिमाली गाउँ लाहाछेवरका विद्यार्थीलाई विद्यालयमा दिवा आवास
बुधबार, माघ २, २०८१
समाचार
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली
सोमबार, वैशाख ८, २०८२
पाथीभरा जाँदै गरेको जिपमा आगलागी, चार जनाको मृत्यु
सोमबार, वैशाख ८, २०८२
कालिकोटको विरानी रात : एउटा ट्याक्टर दुर्घटनाले गुमेको चार जीवन
सोमबार, वैशाख ८, २०८२
मुद्दा मिलाइदिन्छु भन्दै पत्रकारले दुई हजार रुपैयाँ माग गरेको गुनासो
सोमबार, वैशाख ८, २०८२
असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट
सोमबार, वैशाख ८, २०८२
थप समाचार
इलाममा चिया टिप्दै १५ देशका कूटनीतिज्ञहरू, ‘पर्यटन दूत’ बन्न मन्त्रीको आग्रह
शुक्रबार, मंसिर ३, २०७८
सांसद अञ्जना शाक्य आईपियो दिगो बिकास स्थायी समितिमा विजयी
शुक्रबार, मंसिर ३, २०७८
एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा.पौडेलले गरे अपिल
शुक्रबार, मंसिर ३, २०७८
प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न
शुक्रबार, मंसिर ३, २०७८
Subscribe Newsletter
×