सोसल मिडिया
Contact Us
युनिकोड
सप्तरी, ५ मंसिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले संस्थागत विद्यालयको शुल्क, पाठ्यपुस्तक तथा परीक्षा मितिमा एकरूपता ल्याउने निर्णय गरेसँगै विद्यार्थी र अभिभावक खुसी भएका छन् । गाउँपालिकाको उक्त निर्णयले संस्थागत विद्यालयको कक्षा ९ मा अध्ययनरत ममता यादवले वर्षैपिच्छे पाठ्यपुस्तक किन्ने आर्थिक बोझबाट अभिभावक बल्ल उन्मुक्ति पाएको जानकारी दिइन् । नगरपालिकाको यो निर्णय सबै पक्षको हितमा रहेको अभिभावक बलराम दास बताउँछन् । पाठ्यप्स्तक प्रकाशक र स्टेशनरीको कमिसनबाट अभिभावक, विद्यार्थीले सास्ती व्यहोर्दै आएको बेला गाउँपालिकाको सो निर्णय जिल्लाकै लागि उदाहरणीय रहेको पंकज झा दाबी गर्छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेश झाले गाउँपालिकाले गाउँपालिकाका सबै संस्थागत विद्यालयका पाठ्यपुस्तक, वर्षभरि हुने सबै परीक्षाको मिति र मासिक शुल्मा आउँदो शैक्षिक सत्रदेखि एकरूपता ल्याउने निर्णय गरेको बताए ।