चीनमा २ अर्ब ४३ करोड भन्दा बढी कोभिड–१९ खोपको डोज लगाइयो

आइतबार, मंसिर ५, २०७८

बेइजिङ, ५ मङ्सिर । चीनको मुख्य भूमिमा शनिबारसम्म कोभिड–१९ विरुद्धको खोपको २ अर्ब ४३ करोडभन्दा बढी डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार सार्वजनिक गरेको छ ।

इजरायली प्रधानमन्त्रीको ५देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने लक्ष्य

जेरुसेलम, ५ मङ्सिर । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले आफ्नो देशको लक्ष्य डिसेम्बरको अन्त्यसम्ममा ५–११ वर्षका ५० प्रतिशत बालबालिकालाई खोप लगाउने लिएको बताएका छन् ।
बेनेटका प्रवक्ताले विज्ञप्तिमा जनाएअनुसार बेनेट र देशका चार स्वास्थ्य मर्मत संस्थाका महाप्रबन्धकहरू बीचको बैठकमा यो टिप्पणी गरिएको थियो ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार